१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

प्रदेश नम्बर २ स् तीन तहको नतिजा आउन बाँकी, कहाँ के हुँदै छ ?



काठमाडौं, असोज १० । प्रदेश नम्बर २ का तीन स्थानीय तहको अन्तिम चुनावी परिणाम आउन बाँकी छ । पर्साको विरगंज महानगरपालिका, बाराको कलैया उपमहानगरपालिका र सप्तरीको राजविराज नगरपालिकाको नतिजा आउन बाँकी छ ।
पछिल्लो परिणामअनुसार बाराको बारागढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका देवदत्त बछार थारु र उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालकी लक्ष्मीदेवी राय विजयी हुनुभएको छ । अहिलेसम्म १ सय ३३ तहको नजिता आएकोमा, नेपाली कांग्रेस ३९, संघीय फोरम २५, राजपा २४, माओवादी केन्द्र २१, एमाले १८ फोरम लोकतान्त्रिक ३ र ३ तहमा अन्य दल विजयी भएका छन् । दलहरुले मेयर र उपमेयरको पुनः मतगणना गर्न माग गर्दै मंगलबारदेखि रोकिएको विरगंज महानगरपालिकाको मतगणना बुधबार दिउँसोदेखि शुरु भएको छ ।
वीरगंज महानगर
प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरमले अग्रता लिइरहेको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ । ८४ हजार भन्दा बढी मत खसेकोमा ७३ हजार ७२ मत गन्दा कांग्रेसलाई पछि पार्दै संघीय समाजवादी फोरम नेपालले अग्रता लिइरहेको हो । मतगणनाको सुरुमा राजपा अघि रहेको थियो । त्यसपछि कांग्रेसले अग्रता लिएकोमा अहिले फोरम अघि आएको हो । उपमेयरमा भने कांग्रेसले अग्रता लिएको छ ।
संघीय समाजवादी फोरम नेपाल
मेयर विजयी सरावगी०स् १६८४१
उपमेयरपिंकी यादव०स् १५९७६
नेपाली कांग्रेस
मेयर अजयकुमार द्विवेदी०स् १५५४०
उपमेयर शान्ति कार्की०स् १७९०५
राजपा
मेयर राजेशमान सिंह०स् १००८१
उपमेयर रम्भा मिश्र०स् ८८७५
माओवादी केन्द्र
मेयर रहबर अन्सारी०स् ७६२१
उपमेयर दुर्गा क्षेत्री०स् ४६४३
नेकपा एमाले
मेयर बसुरुद्दिन अन्सारी०स् ७६१३
उपमेयर सोफिया आचार्य०स् ९१८९
फोरम लोकतान्त्रिक
मेयर विमल श्रीवास्तव०स् ७०१०१
उपमेयर रींकू यादव ६०८८
कलैया उपमहानगरपालिका
मंगलबारदेखि रोकिएको बाराको कलैया उपमहानगरपालिकाको वडा नम्बर २० को मतगणना पनि शुरु भएको छ । एमालेका वडा अध्यक्ष उम्मेदवार शम्भु गिरी र राजपाका वडा अध्यक्ष उम्मेदवार जितेन्द्र सिंहले बहिष्कार गरे पनि मतगणना सुरु गरिएको हो । मतपत्रमा स्वस्तिक छाप फरक भएको भन्दै उनीहरुले पुनः मतदान हुनुपर्ने माग गरेका छन् । बाराको कलैया उपमहानगरपालिकामा एमालेका मेयरका उम्मेदवार विनोदप्रसाद शाहले १० हजार ६ सय ३१ मत ल्याउनुभएको छ । कांग्रेसका राजेश राई यादवले १० हजार ५ सय ६१ मतसहित पछ्याइरहनुभएको छ ।
राजविराज नगरपालिका
सप्तरीको राजविराज नगरपालिकामा २ हजार २० मतसहित राजपा अघि छ । राजविराज नगरपालिकाको ५ वटा वडाको मतगणना गर्न बाँकी छ ।

प्रकाशित मिति : ११ आश्विन २०७४ बुधबार ००:००  १२ : ४२ बजे