७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

दसैँमा घर जान रिजर्भ गरेको जीप दुर्घटना, मृत्यु हुनेको संख्या ७ पुग्यो



काभ्रे, असोज १० । काभ्रेको बनेपाबाट गोकुले जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । एक जना हराइरहेकोमा गाडी मुनी किचिएको अवस्थामा ८ वर्षकी कृष्टिना मोक्तानको शव भेटिएको हो । मृतकहरुमा ३५ वर्षकी खेलिमाया बल, २० वर्षकी पुतलीमाया बल, २२ वर्षकी मेहन्दीमाया जिम्बा, २७ वर्षका मनित मोक्तान, १९ वर्षकी कुमारी जिम्बा छन् ।
ज्यान जाने सबै माहाभारत गाउँपालिका २ नं वडाका छन् । मृत्यू हुने मध्ये एक जनाको नाम बतन नखुलेको प्रहरीले जनाएको छ । घाइते १० जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी सहकुल थापाले जानकारी दिनुभयो । घाइते मध्ये गम्भीर रहेका ८ वर्षका अभिशेक जिम्बाको कान्ति बाल अस्पतालमा उपचार भैइरहेको प्रहरीले जानकारी दिएको छ ।
बा १४ प ९५५६ नम्बरको जीप विहान बनेपाबाट गोकुले गएको थियो । दसैँमा घर जान जीप रिजर्भ गरेर गोकुले जाँदै गरेका उनीहरु काभ्रेको रोशी गाउँपालिका ३ शिखरआम्वोटेको निगालेमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७४ बुधबार ००:००  १२ : ५६ बजे