८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमका सरावगी जितको नजिक , उपमेयरमा भने कांग्रेस



पर्सा, असोज ११ ।
मतगणनाको शुरुवातदेखि नै कडा प्रतिस्पर्धा रहेको वीरगञ्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमका विजय सरावगी जीततर्फ अग्रसर भएका छन् । मतगणना सकिन लाग्दा सरावगीले आफ्ना मुख्य प्रतिद्वन्द्वी काँग्रेसका अजय द्विवेदीसँगको मतान्तर बढाउँदै लगेका छन् ।
८४ हजार भन्दा बढी मत खसेकोमा ८१ हजार ४ सय ७५ मत गन्दा सरावगीले १८ हजार ८ सय ८४ मत पाएका छन् भने कांग्रेसका अजयकुमार द्विवेदीको १६ हजार ९ सय ३५ मत छ । फोरमले कांग्रेससँगको मतान्तर १ हजार ९ सय ४९ पुर्याएको हो । मतगणनाको सुरुमा राजपा अघि रहेको थियो ।

त्यसपछि कांग्रेस र फोरमले आलोपालो अग्रता लिइरहेका थिए । हिजोदेखि भने समाजबादी फोरमले लगातारजसो अग्रता लिइरहेको छ । उपमेयरमा भने कांग्रेसले अग्रता लिएको छ । पछिल्लो परिणाम अनुसार संघीय समाजवादी फोरम नेपालका मेयर उमेद्धवार विजयी सरावगीको १८ हजार ८ सय ८४ , उपमेयरका उमेदवार पिंकी यादवको १८ हजार ००५ पाच , नेपाली कांग्रेसका मेयर उमेदवार अजयकुमार द्विवेदीको १६ हजार ९ सय ३५ , उपमेयर शान्ति कार्कीको १९हजार ३ सय ३८ त्यसैगरी राजपा का मेयर राजेशमान सिंहको ११ हजार ५ सय ४४ र उपमेयर रम्भा मिश्रको १० हजार १ सय ९ मत आएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७४ बुधबार ००:००  ७ : ३४ बजे