११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

नवलपरासीमा मोटरसाइकल ट्रकमा ठोक्किदा दुईजनाको मृत्यु, एक घाइते



नवलपरासी, ११ असोज ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती नगरपालिका(८ थकालीचोकमा बुधबार ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । मोटरसाइकलमा तीन जना सवार थिए । चालक र पछाडि बस्नेको ज्यान गएको हो । बिचमा बस्ने घाइते छन् ।
चन्द्रौटाबाट काठमाडौंका लागि स्याउ बोकेर छुटेको यु पी ३२ एफ. एन. २७७१ नम्बरको भारतीय ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लु ८ प ८३३७ नम्बरको मोटरसाइकल ठोक्किँदा विनयीत्रिवेणी गाउँपालिका–२ तल्लो ज्यामिरेका २५ वर्षका हेमन्त पहराई मगर र कावासोती ८ बस्ने २६ वर्षका दिनेश थापा मगरको घटनास्थलमा नै ज्यान गएको ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक नविनराज राईले बताउनु भयो ।

दुर्घटनामा परी विनयी त्रिवेणी गाउँपालिका–२ तल्लो ज्यामिरेका २४ वर्षका जयराम चापागाई घाइते भएका छन् । उनको कावासोतीको कालीगण्डकी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा तीन जना सवार रहेकोमा चालक र पछाडि बस्नेको साथै बिचमा बस्ने जयराम चापागाई उछिट्टिएर सडक छेउमा पर्दा घाइते भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ११ आश्विन २०७४ बुधबार ००:००  १२ : २४ बजे