१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

दसैँका लागि अहिलेसम्म उपत्यकाबाट २२ लाख यात्रु बाहिरिए,



काठमाडौं, असोज ११ । दसैँका लागि अहिलेसम्म झण्डै २२ लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । बुधबार मात्रै एक लाख ५० हजार यात्रु बाहिरिएको अनुमान गरिएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक उपेश रंजितकारका अनुसार बुधबार नयाँ बसपार्क, पुरानो बसपार्क, कलंकी लगायत नाकाबाट १ लाख ५० हजार यात्रु बाहिरीएका हुन् । दसैँका लागि बुधबार घर जानेको बिहानैदेखि भीड लागेको थियो । बिहीबार र शुक्रबार पनि घर जानेको उति नै घूईंचो हुन्छ ।
यस्तै प्रहरीले ९ जनालाई बढी भाडा लिएको आरोपमा कारबाही प्रक्रिया अगाडि बढाएको छ । उनीहरुको रुट परमिट खारेज गर्न यातायात व्यवस्था विभागमा पठाइएको वरिष्ठ प्रहरी उपरीक्षक उपेश रंजितकारले बताउनुभयो । उहाँले भाडामा ठगिएको भए तुरुन्त प्रहरीमा खबर गर्न पनि सबै यात्रुलाई आग्रह गर्नु भएको छ । केही यातायात व्यवसायीले गाडी चढ्दा एउटा भाडा र बिच बाटोमा पुगे पछि फेरि भाडा थप्न भन्ने गरेको पाइएकाले त्यसो हुनासाथ १०३ वा १०० मा खबर गर्न प्रहरीले आग्रह गरेको छ । यात्रुलाई दुःख दिने र ठग्नेलाई कारबाही हुने हुँदा ढुक्क भएर जुनसुकै ठाउँबाट पनि उजुरी गर्न प्रहरीले आग्रह गरेको हो ।

प्रकाशित मिति : ११ आश्विन २०७४ बुधबार ००:००  २ : ०६ बजे