१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रदेशको राजधानी अर्घाखाँची हुनुपर्छ – रायमाझी



अर्घाखाँची, १४ असोज (रासस) ।
नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले ५ नम्बर प्रदेशको राजधानी अर्घाखाँचीको जलुकेमा हुनुुपर्ने बताउनुभएको छ ।
उहाँले राप्ती नदीको किनारमा रहेको जलुकेको लामाताल ५ नम्बर प्रदेशको माझ पर्ने भएकाले आफू त्यसमा लागिरहेको बताउनुभयो । सामुदायिक रेडियो देउराली १०१ मेगाहर्जको कार्यक्रम दशैँ विशेष कार्यक्रमा बोल्दै नेता रायमाझीले कसैले बुटवल र कसैले दाङ हुनुपर्छ भन्ने धारणा दिएका छन्, बुटवल र दाङको विकल्पमा लामातालको विकल्प नभएको बताउनुभएको हो ।
नेता रायमाझी आफू प्रतिनिभिसभाको लागि उम्मेदवार बन्ने पनि घोषणा गर्नुभयो । यस्तै नेपाली काँग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेश सभाको लागि उम्मेदवार बन्ने घोषणा गर्नुभयो ।
एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले संघ अथवा प्रदेशमध्ये १ मा उम्मेदवार बन्ने जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ आश्विन २०७४ शनिबार ००:००  १० : २१ बजे