१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सचिवले भत्ता बोकेको चेक लिएर हराउँदा जेष्ठ नागरिकको दसैँ खल्लो



पाल्पा, १५ असोज ।
पाल्लाको रम्भा गाउँपालिका – ४ का वडा सचिव प्रेम नेपालीले १७ लाख रुपैयाको सामाजिक सुरक्षा भत्ताको चेक बोकेर कार्यालयको सम्पर्कमा नआएपछि रम्भा गाउँपालिकाका वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता बिनै दसैँ मनाएका छन् ।

रम्भा गाउँपालिका –४ मा १ सय ३० जना ज्येष्ठ नागरिक, ५७ जना एकल महिला, ५२ जना ज्येष्ठ दलित र ४५ जना दलित बालबालिका रहेका छन् ।

चार महिनामा ज्येष्ठ नागरिकले आठ हजार, एकल महिलाले चार हजार, ज्येष्ठ दलितले चार हजार र दलित बालबालिकाले रु दुई हजार ४०० प्रतिव्यक्ति सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् ।

गाउँपालिकाबाट सुरक्षा भत्ताको चेक लिएपछि सचिव सम्पर्कमा नआउँदा भत्ता वितरण गर्न नसकिएको भोजबहादुर विश्वकर्माले गुनासो गर्नुभयो ।

प्रकाशित मिति : १५ आश्विन २०७४ आइतबार ००:००  ३ : २४ बजे