१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

पाँच दिनदेखि अवरुद्ध रिडी तम्घास सडक अझै खुलेन



शिवलाल सुवेदी, गुल्मी १६ असोज ।
रेसुङ्गा नगरपालिका १३ भगाँरीमा सडक माथीवाट पहाडै खसेर पाचँ दिनदेखि अवरुद्ध भएको रिडी तम्घास सडक अझै खुल्न सकेको छैन । सुख्खा पहिरोले पहाडै खसेर अवरुद्ध बनेको गुल्मीको तम्घास–रिडी सडक पाँच दिन पुग्दा पनि खुल्न सकेको छैन ।

गत बुधवार देखि बन्द भएको उक्त सडक शुक्रबार साझँ एकतर्फी सडक खुलेको तीन घण्टामै पुनः बन्द भएको सड्क सोमबार विहान सम्म पनि खुल्न सकेको छैन ।

दशैको समयमा सडक अवरुद्ध भएपछि यात्रुहरु मर्कामा परेका छन् । पहाडै झरिरहेकाले डोजर लगाएर सडक खुलाउन समेत जोखिम बढेको ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बाटो बन्द भएपछि दशैं मनाउन आवत जावत गर्ने यात्रुहरु बढी मर्कामा परेका छन् । सदरमुकाम तम्घासमा रहेका साना मेसिनले पहिरो पन्छाउन नसकेपछि पाल्पाबाट मगाइएको ठूलो स्काभेटर प्रयोग गरेर शुक्रबार केहीबेर एकतर्फी बाटो खुलाइएको थियो ।

दशैंको टीकाको अघिल्लो दिन एकतर्फी भए पनि सडक खुलेपछि स्थानीयबासीले राहत महसुस गरेका थिए । तर सडक खुलेको तीन घण्टामै पुनः सडक अवरुद्ध भएको थियो । गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले ठूलो पहिरो खस्ने क्रम जारी रहेकाले सडक खुलाउन कठिनाई भएको बताउनुभयो ।

पहिरो खस्ने क्रम नरोकिएपछि आइृतवार दिउसो सडक डिभिजन कार्याल्य पाल्पाको इन्जिनियरहरुको एक टोलीले पहिरोको अध्ययन गरेको छ । उक्त सडक एक वर्ष पहिले बिस्तार गरिएको थियो । सडक बिस्तारको क्रममा भौगोलिक अवस्था नहेरी डोजरले कटान गर्दा अहिले ठूलो पहिरो झरेर समस्या झेल्नु परेको स्थानीयको गुनासो छ ।

खन्नै नहुने ठाउँमा बाटो बिस्तार गरिएकाले अहिले झनै ठुलो समस्या झेल्नु परेको रेसुंगा नगरपालिका १३ का नर्वनिर्वाचित वडा अध्यक्ष खुम बहादुर खत्रीले बताउनुभयो ।

प्रकाशित मिति : १६ आश्विन २०७४ सोमबार ००:००  १ : २५ बजे