७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

महोत्तरीमा ३९ जनामा डेंगु संक्रमण



महोत्तरी, असोज १८ । महोत्तरीमा ३९ जना डेंगुका बिरामी भेटिएका छन् । बर्दिवास अस्पताल र एक निजी अस्पतालका बिरामीको परीक्षण गर्दा ३९ जनामा डेंगु रहेको पुष्टि भएको हो ।
डेंगुको रोगी फेला परे लगतै स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले तत्काल रोग नियन्त्रणका प्रयास थाल्न लागि जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा। नागेन्द्र यादवलाई निर्देशन दिनुभएको छ ।
स्वास्थ्य मन्त्रीको निर्देशन आउनासाथ डा। नागेन्द्र यादवले डेंगुको चिकित्सकीय उपचार सुरु गरिसकेको र त्यस मध्ये केही बिरामीलाई काठमाडौंको टेकुमा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा उपचारका लागि पठाइसकिएको छ ।
डेंगुका बिरामीहरु पहिचान भएको मध्ये २६ जना बर्दिवासकै हुन् भने अरु लालबन्दी, महेन्द्रनगर र सिन्धुलीका रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७४ बुधबार ००:००  ५ : ०८ बजे