१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड बुधबार रातिदेखि बन्द



पाल्पा, १८ असोज ।
सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा–बुटवल सडकखण्ड बुधबार राति ८ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि बन्द गरिने भएको छ ।
पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा धुले पहिरो गएर जनधनको क्षति हुनसक्ने खतरालाई मध्यनजर गर्दै सडकमा गाडी चलाउन रोक लगाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आज बिहान १० बजेदेखि दिउसो २ बजेसम्म पनि बाटो बन्द गरेर मर्मत गरिएको थियो भने त्यसपछि एकतर्फी मात्रै गाडी चल्न दिइएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७४ बुधबार ००:००  ४ : २७ बजे