७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

बस दुर्घटनामा २ को मृत्यु, ४६ जना घाइते, ८ को अवस्था गम्भिर



विष्णुकुमार आले मगर, अर्घाखाँची २० असोज ।
अर्घाखाँचीको मालारानी गाउँपालीका ३ सापडाँडामा शुक्रबार बिहान यात्रुवाहक बस दुर्घटना हुदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४६ जना घाईते भएका छन् ।
डाँडाकटेरी बाट सन्धिखर्क हुदै बुटवल तर्फ आउदै गरेको लु १ ख ७५१८ नम्बरको बस दुर्घटनामा परि मृत्यु हुनेमा अर्घाखाँची मालारानी गाउपालीका वडा नम्बर ३ बस्ने सीताराम आचार्यको ९ बर्षिय छोरा अभियान आचार्य र गुल्मी जील्लाको धुर्कोट गाँउपालीका वडा नम्बर १ बस्ने ४६ बर्षिय सुन्तली बिक रहेको प्रहरीले जनाएको छ ।
घाईते मध्ये ३७ जनालाई थप उपचारको लागी बुटवल लगीएको छ भने अन्य गम्भिर अवस्थाका ८ जना घाईतेलाई नेपाली सेनाको हेलीकप्टरबाट थप उपचारका लागी काठमान्डौं लगीएको छ । अन्य १ जनाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भैरहेको छ ।
क्षमता भन्दा बढी यात्रु बोकेका कारण बस सडकबाट करिव १ सय ६० मिटर तल खसेको थियो । दुर्घटनाको जानकारी पाउने बित्तिकै खनदहको प्रहरी र जिल्लाबाट खटिएको प्रहरीको टोली, स्थानियबासीले घटनास्थलमा पुगेर उद्घार सहयोग गरेका थिए । बसमा ४८ जना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७४ शुक्रबार ००:००  १ : ०९ बजे