१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अबैध रुपमा बालुवा चोरी गर्ने २ ट्याक्टर पक्राउ



नबिन के.सी, अर्घाखाँची, २२ असोज ।
अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्वर ८ को तिनखण्डेमा अबैध रुपमा बालुबाचोरी गर्ने दुई ट्याक्टर पक्राउ परेका छन ।
ठेक्का नै नलागेको स्थानबाट बालुबा चोरी गरि लोड गर्दै गरेको अबस्थामा शनिबार राती रा १ त १६४२ र लु ३ त ५९३१ नम्वरको गाडि फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले बताउनुभयो ।
शुक्रबार राती पटक पटक बालुुबा चोरी गरि दाङ्ग बालुबा चोरी भएको सूचनाको अधारमा सितगंगा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारी सहितको टोलीले शनिबार राती बालुवा चोरी गरिरहेकै बेला ट्याक्टर फेला पारेको हो ।
यसरी चोरी गर्ने ट्याक्टर धनिलाई २० हजार रुपैया जरिवाना समेत गर्ने गरि प्रहरी चौकि भालुवाङ्गमा बुझाईएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७४ आइतबार ००:००  २ : ३२ बजे