१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

राप्रपा सरकारमा जाने हल्लामात्रै होः अध्यक्ष थापा



२४ असोज, विराटनगर ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देउवा सरकारलाई निशर्त समर्थन गरेको बताउँदै तत्कालै सरकारमा सहभागी हुनेबारे नसोचेको बताउनु भएको छ ।
माओवादी नेता जनार्दन शर्मालाई हटाएर कमल थापा गृहमन्त्री बन्न लागेको चर्चा भइरहेका बेला थापाले आज बिराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकारमा सहभागी हुनेबारे नसोचेको बताउनु भएको हो ।
राप्रपा सरकारमा सहभागी हुने कुरालाई उहाले बाहिरी हल्लाको संज्ञा दिनु भएको छ ।
‘निर्वाचन तोकिएकै समयमा गराउने वाहेक अन्य कुनै शर्त रहेको छैन,’ थापाले भन्नु भयो, ‘बाहिर हल्ला भएजस्तो गरी सरकारमा सहभागी हुने विषयमा अहिलेसम्म हामीले सोचेका छैनौं ।’
सरकारमा सहभागी दल माओवादी केन्द्रले एमालेसँग सहकार्य गरेपछि उत्पन्न राजनीतिक परिस्थितिका कारणले मात्र राप्रपाले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेको थापाले बताउनु भयो । उहाले तोकिएको समयमा चुनाव गराउने एक मात्रै शर्त आफ्नो पार्टीको रहेकाले मन्त्री बन्नका लागि पार्टीले सरकारलाई सर्मथन नगरेको बताउनु भयो ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुनिश्चित गर्न आफ्नो पार्टीले कांग्रेस नेतृत्वको सरकारलाई सर्मथन गरेको थापाले बताउनु भयो । अध्यक्ष थापाले वर्तमान राजनीतिक परिस्थितिका कारण कुनै शर्त नराखी पार्टीले सरकारलाई समर्थन गरेको बताउनु भयो ।

प्रकाशित मिति : २४ आश्विन २०७४ मंगलबार ००:००  ६ : ५१ बजे