१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

बर्दिवासमा डेंगु परीक्षण गर्ने किटको अभाव



२४ असोज, महोत्तरी । महोत्तरीको बर्दिवासमा डेंगु परीक्षण गर्ने किटको अभाव भएको छ । बर्दिवासस्थित बर्दिवास अस्पतालमा डेंगु रोग परीक्षण गर्ने किटको अभाव भएको हो । असोजको पहिलो सातादेखि डेंगुबाट ८८ जना भन्दा बढी विरामी परेका छन् ।

बर्दिवास अस्पतालमा सोमबार एकैदिन १२ जनालाई चेक जाँच गरिएकोमा ५ जनामा डेंगुको संक्रमण फेला परेपछी महोत्तरीमा डेंगुबाट सक्रिमितको संख्या ८८ पुगेको छ ।

बर्दिवास अस्पतालमा किटको अभाव भएपछि डेंगु लागेकोहरु निजी हस्पिटलहरुमा गएर स्वास्थ्य परीक्षण गराइरहेका छन् ।

बर्दिवास अस्पतालका अनुसार ८० वटा किट प्राप्त भएपनि त्यो प्रयाप्त नभएको र केन्द्रमा किटको माग गरिएको छ ।

बर्दिवास नगरपालिकामा डेगुं रोग देखापरे पछी स्वास्थ्य टोलीले बर्दिवासमा सर्च एण्ड डिस्ट्रोय कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यसैबीच डेंगुको संक्रमणको कारण बर्दिवासमा पछिल्लो समय बढ्दै गएपछि जिल्ला स्वास्थ्य प्रमुख डाक्टर नागेन्द्र यादवको काज फिर्ता गरिएको छ ।
बर्दिवास नगरपालिकालाई सरोकारवलाहरुले डेंगु रोगको दृष्टिकोणले संकट गस्त क्षेत्र घोषणा गरेर नियन्त्रणका बिभिन्न कार्यक्रम सञ्चालन गरिरहँदा प्रमुख यादवको कामकाज प्रति असन्तुष्टि जनाउँदै स्वास्थ्य मन्त्रालयले काज फिर्ता पठाइएको हो ।

डा। यादवलाई स्वास्थ्य कार्यालय जनकपुर पठाइएको छ । ७३ नम्बरमा रहेको महोत्तरी जिल्लाको स्वास्थ्य सूचकांकलाई यादव नेतृत्वको टिमले ४६ नम्बरमा पुर्‍याएको थियो ।

 

प्रकाशित मिति : २४ आश्विन २०७४ मंगलबार ००:००  ६ : ५५ बजे