८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नयाँ शक्तिलाई झट्का प्रदेश २ का संयोजक डा. यादव संघीय फोरममा प्रवेश



धनुषा, असोज २४ । नयाँ शक्ति नेपाल प्रदेश नं. २ का संयोजक डा. सुरेन्द्र यादव संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल तथा पार्टी एकताको प्रक्रिया अघि बढाएपछि असन्तुष्ट बन्नु भएका यादवले गएको आइतबार नयाँ शक्ति पार्टी परित्यागको घोषणा गर्नुभएको थियो ।
डा. यादव मंगलबार जनकपुरमा संघीय समाजवादी फोरमले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको हातबाट माला र टीका लगाई पार्टी प्रवेश गर्नुभएको हो ।
उहाँसँगै नयाँ शक्ति पार्टी प्रदेश नं. २ का १८ जनाभन्दा धेरै नेता फोरममा प्रवेश गरेका छन् ।पार्टी प्रवेश गर्दै डा. यादवले नयाँ शक्तिका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले मधेस विरोधी एमालेसँग तालमेल गरी आफूलाई धोका दिएको र मधेसको विपक्षमा षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो ।

प्रकाशित मिति : २४ आश्विन २०७४ मंगलबार ००:००  ७ : ०२ बजे