७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सिकलसेल एनिमियाका कारण तीन जनाको मृत्यु



दाङ, २७ असोज ।
दाङ्मा सिकलसेल एनिमिया रोगका कारण तीन जनाको ज्यान गएको छ । नियमित उपचार गराइरहेका तीन जनाको ज्यान गएको जिल्लाका स्वास्थ्य संस्थाले जानकारी दिएका छन् । जिल्लामा ९८ जनाले नियमित उपचार गराइरहेका छन् ।

बिरामी अस्पतालमा आएर मृत्यु नभए पनि उपचार औषधि सेवन गरिरहेको अवस्थामा परिवारले मृत्यु भएको खबर अस्पतालसम्म पु¥याएका छन् ।

नियमित उपचार गराइरहेका र रगत लिइरहेका तीन जनाको मृत्यु भएको रक्त सञ्चार केन्द्र घोराहीका इञ्चार्ज दिलीप न्यौपानेले जानकारी दिनुभयो ।

केन्द्रबाट १५ जनाले नियमित रगत साप्ताहिक रुपमा लिइरहेका मध्ये तीन जनाको ज्यान गइसकेको र १२ जनाले अहिले नियमित रगत लिइरहेको जानकारी न्यौपानेले दिनुभयो ।

मुत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । राप्ती उपक्षेत्रीय अस्पतालका सूचना अधिकारी अहमद मारुक खानले दाङका थारू समुदायमा बढी सिकलसेल एनिमिया देखिएको र हालसम्म अस्पतालबाट ९८ जनाले उपचार गराइरहेको बताउनुभयो ।

प्रकाशित मिति : २७ आश्विन २०७४ शुक्रबार ००:००  १ : ५६ बजे