१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022

जिसस नवलपुर र परासीमा कांग्रेसको बाजी



नवलपरासी, २७ असोज ।
नवलपरासीको बर्दघाट–सुस्ता पूर्व प्रदेश नम्बर ४ अन्तर्गत नवलपुरको जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका चेसराम आले मगर विजयी हुनुभएको छ ।
शुक्रबार भएको जिल्ला समन्वय समितिको चुनावमा नेकपा एमालेका उत्तर कुमार श्रेष्ठलाई पराजित गर्दै आलेमगर विजयी हुनुभएको हो । आलेमगरले ११ मत ल्याउनुभयो भने उहाँका प्रतिद्वन्द्धी एवं नेकपा एमालेका श्रेष्ठले ५ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै उप्रमुखमा नेपाली कांग्रेसकै शारदा विक सर्वसम्मत चयन हुनुभएको छ । एमालेले प्रमुख पदको लागि मात्र उम्मेद्वारी गराएको थियो ।
यस्तै प्रदेश नम्बर ५ अन्तर्गत बर्दघाट सुस्ता पश्चिमको जिसस परासीमा नेपाली कांगे्रस र लोकतान्त्रिक फोरमको प्यानल विजयी भएको छ ।
प्रमुखमा नेपाली कांगे्रसका शिवशंकर प्रसाद राय बिजयी हुनु भएको छ भने उपप्रमुखमा लोकतान्त्रिक फोरमका अब्दुल रहमान चुरिहार विजयी हुनु भएको छ । रासस

प्रकाशित मिति : २८ आश्विन २०७४ शनिबार ००:००  २ : ५४ बजे