१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मधेशको सवै भन्दा ठुलो शत्रु कांग्रेस नेता- बृजेश



जानु पाण्डे, कपिलवस्तु, २८ असोज ।
सुर्य चुनाव चिन्ह लिएर चुनाव लडन लागेका राजपाका पुर्व केन्द्रिय महामन्त्री तथा सांसद बृजेश कुमार गुप्ताले मधेशको सवै भन्दा ठुलो शत्रु कांग्रेस रहेको बताउनुुभएको छ । संविधान निमार्ण देखि नै कांग्रेसले मधेश माथी अन्याय गरेको उहाँले बताउनुभयो । मधेशको मामलामा कांग्रेसले पछाडी बाट छुरा घोपेको वताउँदै संविधान संसोधनमा बहुमत हुँदा हुँदै पनी कांग्रेसले जानी जानी संसोधन गर्न नदिएको वताउनुभयो ।

महाराजगंजमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गुप्ताले यहाँका जनताले मत दिई सांसद र राज्यमन्त्रि समेत वन्दा पनी बिकासका काम नगरेको वताउनुभयो । हजारौ पार्टी कार्यकर्ताको विचमा सासंद गुप्ताले, भन्नुभयो “कपिलवस्तु नगरपालिका आउन अहिले सवै ठाउँ बाट सहज वनेको छ, सवै वाटो पिच भएको छ, हामी जस्ता जनप्रतिनिधीले गर्ने विकास हो, तर महाराजगंजबासीले विकास देख्न पाएका छैनन, अव म र दिर्ग नारायण पाण्डे पप्पु जि मिलेर पुरा गर्ने प्रतिवद्धता गर्दछु, । ”

कार्यक्रममा वोल्दै एमाले कपिलवस्तु २ नं. क्षेत्र (क) का प्रदेश सभाका उम्मेदवार दिर्घ नारायण पाण्डेले कांग्रेसले विकासको काम नगर्नै खाली नारा मात्र लगाउने वताउनुभयो । कांग्रेस निती नभएको संस्कार चरित्र नभएको पार्टि भएको वताउनुभयो । कांग्रेसले पटक पटक जनतालाई ठगेकोले वाध्य भई एमाले भएको वताउनुभयो ।

कार्यक्रममा सम्वोदन गर्दै एमाले युवा नेता विष्णु पन्थीले कपिलवस्तुको ३ बटै सिट एमाले गठवन्धनले जित्ने वताउनु भयो । तराई र मधेशलाई मिलाएर लाने एमाले मात्र एक पार्टि भएकोले मधेशमा एमाले प्रवेशको माहोल नै भएको वताउनु भयो । मधेशमा विकास वादी वजेट विनियोजित गरेको ले मधेशी जनतालाई एमालेले साथ दिन खोजेको वताउनु भयो ।

कार्यक्रममा पुर्व राज्यमन्त्रि तथा नेता ईश्वर दयाल मिश्राले समेत सम्वोदन गर्नु भएको थियो । सम्वोदनका क्रममा नेता मिश्राले राजपाले प्रदेश नं. ५ को जनतालाई ठगेको वताउनुभयो । यहा चुनावमा भाग नलिदा कांगेसलाई फाइदा पुगेको वताउनु भयो ।

तमलोपाको अस्तित्व मेटाउनको लागी राजेन्द्र महतोले चुनावमा भाग लिन नदिएको वताउनुभयो । राजपा कांग्रेसको गोटि भएको वताउनुभयो । उहाले मधेशको विकासको लागी एमालेलाई भोट दिनुपर्ने वताउनुभयो ।

जन प्रतिनिधी सहित ५ सय कांग्रेसी अगुवा कार्यकर्ता एमाले प्रवेश

कपिलवस्तुको महाराजगंजमा भएको पार्टि प्रवेश कार्यक्रममा ५०० बढी अगुवा कांग्रेसी नेता एमाले प्रवेश गरेका छन । कार्यक्रममा महाराजगंजका जन प्रतिनिधी फुलमती खटिक, फुलकली गूप्ता एमाले प्रवेश गरेका छन । उनिहरु बडा नं. १ का बडा सदस्य समेत हुन । यसै गरी कांग्रेस त्याग गरी बुद्धभुमी ८ का पुर्व बडा उपाध्यक्ष घनश्याम थारु र स्वतन्त्र तर्फका बार्ड अध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारी सहित ५० जना एमाले प्रवेश गरेका छन ।

पार्टि प्रवेश गर्नेमा महाराजगंज नगरपालिकका कैलास अग्रहरी हनुमान गुप्ता धुव्र कुमार गूप्ता, ओम प्रसाद गुप्ता, बलराम पाण्डे, रामचन्द्र यादव, पारस कुर्मी असर्फि लोनिया, मटेसो लोनिया को नेतृन्वमा ५०० बढी कांग्रेसको कार्यकर्ता एमाले प्रवेश गरेका छन । नव प्रवेशीलाई एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेल, युवा नेता तथा पुर्व केन्द्रिय लेखा आयोग सदस्य विष्णु पन्थि, महाराजगंजका एमाले नेता मेराज खान लगायतले टिका लगाई प्रवेश गराउनुभयो ।

पार्टि प्रवेशीलाई स्वागत गर्दै एमाले नेता दिनेश गुप्ताले विकास चाहने ले अव एमालेलाई भोट हाल्ने वताउनुभयो । कार्यक्रममा बोल्दै माओबादी केन्द्रका पोलिटव्युरो सदस्य तथा जिल्ला ईन्चार्ज रुद्रलाल वन्जाडेले देशमा एमाले माआबादी लगायतका गठवन्धनले २ तिहाई बहुमत ल्याउने वताउनुभयो । कार्यक्रममा एमाले नेता अव्दुल अहमद रौफ, बावुराम खनाल, क्षेत्र वहादुर खत्री, कष्ण पौडेल, कल्लु मुुुसलमान, लगायतले वोल्नु भएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७४ शनिबार ००:००  ३ : ३२ बजे