७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

फोरम लोकतान्त्रिक कांग्रेसमा विलय



काठमाडौं, ३० असोज ।
नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार सोमबार कांग्रेस प्रवेश गरेका छन् । सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमकाबीच दुई पार्टीबीच एकता भएको हो ।
आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनपछि पदीय भागवण्डा मिलाउने सहमति भएको छ । कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग विमति राख्दै शेरबहादुर देउवाको अगुवाइमा १५ वर्षअघि गठन भएको प्रजातान्त्रिक कांग्रेसमा गच्छदार पनि सहभागी थिए । उनी देउवा नेतृत्वको कांग्रेसमा महामन्त्री बनेका थिए ।
०६४ मा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट चुनाव लड्न उनले प्रजातान्त्रिक कांग्रेस पनि छाडेका थिए । हाल नेपाल लोकतान्त्रिक फोरम अध्यक्ष गच्छदार नेतृत्वमा संसद्मा १७ सांसद थिए ।

प्रकाशित मिति : ३० आश्विन २०७४ सोमबार ००:००  ९ : २९ बजे