११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

एमालेको जितलाई कसैले रोक्न सक्दैन नेता बृजेश



नन्दराम पौडेल, कपिलवस्तु, २ कार्तिक ।
अव हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेले दुईतिहाई बहुमत ल्याउनमा कसैले रोक्न नसक्ने स्वतन्त्र समुह मार्फत सुर्य चिन्हवाट प्रतिनिधि सभाका लागी क्षेत्र न २ वाट उम्मेदवार बनेका नेता तथा पुर्वमन्त्रि बृजेश कुमार गुप्ताले बताउनु भएको छ । गुप्ताले मधेशी जनतालाई धोका दिने राजपा नेपाल र नेपाली कांग्रेस भएकोले उनीहरुवाट देशले निकास पाउन नसक्ने बताउँदै देश विकास र नेपाल निमार्णका लागी अवको देशको नेतृत्व नेकपा एमाले तथा केपी ओली नै मात्र गर्न सक्ने दावि गर्नुभयो ।
बुद्धभुमि नगरसंगठन कमिटीले इमिलियामा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । नेता गुप्ताले राजपा देशका ६वटा प्रदेशमा चुनाव बहिस्कार गरी २ न प्रदेशमा निर्वाचन गरी अन्य प्रदेशका जनतालाई अपमान गरेको आरोप लगाउदै मधेशी जनताका विरोधी नेपाली कांग्रेसलाई जिताउन सहयोग गरेकोले आफुहरुले राजपा परित्याग गरी स्वतन्त्र समुह मार्फत सुर्यचिन्हवाट चुनाव लडन सहमति गरेको नेता गुप्ताले बताउनुभयो ।
हामी सुर्य चिन्हवाट निवार्चन लडेपछि नेकपा एमालेको पक्षमा वकालत गर्ने र देश निमार्णमा केपि ओलि सरकारलाई सधै सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
यसै गरी अर्का पुर्व मन्त्रि तथा राजपा परित्याग गरी स्वतन्त्र समुहका सदस्य इश्र्वर दयाल मिश्राले राजपा नेपालले नेपाली काग्रेसलाई जिताउन ठेक्का लियो र हाम्रो राजनिति समाप्त पार्यो, हामीलाई अपमान गर्यो जुन पाटीमा बस्नु हामी मोरे सरह हो भनी राजपा छाड्न बाध्य भयौ, भन्नुभयो । हामी एमालेमा किन आयौ भने नेकपा एमालेको नीति सिद्धान्त र कार्यक्रम र कार्यकर्ता भएको पार्टी भएकोले एमाले सगं सहकार्य गरेको बताउनु भयो ।
देश विरोधी शक्तिहरुलाई प्ररास्त गर्न हिमाल, पहाड, तराईका सबै जनता एक जुट बनाउन एमालेनै सक्षम भएकोले सो अभियानमा साथ दिन हामी एमालेमा आएको बताउनुभयो । उहाँले नेकपा एमालेको अवको सरकार २,४ वर्षका लागी मात्र होईन ५० वर्ष ओली नेतृत्वको सरकार रहिरहेने दावि समेत गर्नुभयो ।
यसै गरी अर्का नेता नेपाली कांग्रेस परित्याग गरि एमालेमा आउनु भएका पुर्व गाविस अध्यक्ष दिर्गनारायण पाण्डेले अवको निर्वाचनमा नेकपा एमालेले दुइृतिहाई बहुमत ल्याउने भन्दै दिपावली पछि सगै अवको दुई महिनामा सबैका घरघरमा दिपावली बल्ने बताउनुभयो । देश विरोधी नेपाली कांग्रेस अहिले अताल्लीएको छ र जनतामा भ्रम फिजाई रहेको भन्दै कार्यकर्तामा ढुक्क भएर निवार्चनमा लाग्न आग्रह गर्नु भएको छ ।
यसैगरी शुभकामना आदान प्रदान कार्यक्रममा एमालेका ५ न प्रदेश कमिटी सदस्य कृष्ण पौडेलले नेकपा एमाले देशकै ठुलो पार्टी रहेको र अवको देशको विकासका लागी एमालेको आवस्यकता भएकोले अन्य दलसगं सहकार्य, गठबन्धन गर्नुको साथै पार्टी प्रबेश मार्फत एमाले दुईतिहाई बहुमतको सरकार निमाणृका लागी लागेको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका नेता तथा जिल्ला उपाध्यक्ष बाबुराम खनाल, रुपेश श्रेष्ठ, राजेन्द्र सुबेदी, भेषराज खनाल, हुकुम बहादुर कुवर लगाएतका नेता तथा कार्यकर्ताहरुले एमालेवाट जुनसुकै उठे पनि सुर्यचिनहमा मतदान गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रम बुद्धभुमि नपा संगठन कमिटीको संयोजक पिताम्बर खनालको अध्यक्षता सह इन्चार्ज शुसिला दर्लार्मीको स्वागत र सचिव देवि बेलवासेको संचालनमा सम्पन्न भएको थियो अगुवा कार्यकर्ता भेलामा ३ सय बढी कार्यकर्ताहरुको सहभागी रहेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०७४ बिहिबार ००:००  १ : ५२ बजे