८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

गोरखाको लापुमा भाइरल ज्वरोको प्रकोप



गोरखा, ६ कार्तिक ।
गोरखाको धार्चे गाउँपालिका–७ लापु गाउँमा एक सातादेखि फैलिएको ज्वरो, रुघाखोकीको प्रकोपले एक जनाको मृत्यु भएको छ ।
दुई सयभन्दा बढी मानिस बिरामी छन् । ५० वर्षीया पनमानी गुरुङको शनिबार बेलुकी निधन भएको हो । गुरुङ एक सातादेखि ज्वरोबाट पीडित हुनुहुथ्यो ।
गाउँमा घरघरै बिरामी भएकाले उपचार गर्न स्वास्थ्य संस्था पुग्न पनि नसकिएको लापुको शान्ति प्राथमिक विद्यालयका प्रधानाध्यापक वीरबल गुरुङले बताउनुभयो । “गाउँको स्वास्थ्य संस्थामा एक जना मात्रै स्वास्थ्यकर्मी हुनुहुन्छ । बिरामी धेरै भएकाले उपचार गर्न भ्याइनभ्याइ छ ।
स्वास्थ्य संस्थामा पर्याप्त औषधि नभएको गुनासो गर्दै गुरुङले भन्नुभयो, “गाउँमा औषधि र थप स्वास्थ्यकर्मी पठाउन जिल्लामा अनुरोध गरेपनि कुनै सुनुवाइ भएन ।”
धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरुङले भाइरल ज्वरो तथा रुघाखोकीको प्रकोप फैलिएको गाउँमा औषधि र स्वास्थ्यकर्मी जिल्लाबाट माग गरिएको बताउनुभयो ।

प्रकाशित मिति : ६ कार्तिक २०७४ सोमबार ००:००  ४ : १४ बजे