१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

जीप दुर्घटनामा अर्घाखाँचीमा एकको मृत्यु, ८ जना घाइते



अर्घाखाँची, ६ कार्तिक
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकास्थित जगातमा भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनमा जीपमा सवार ८ जना घाइते भएका छन ।
गुल्मीको पुर्कोटदहबाट सन्धिखर्क हुदै बुटबल जाँदै गरेको लु१च ६७६६ नम्बरको जीप नरपानी जगातको ढाडखोला नजिकै दुर्घटना भएको घटनास्थलवाट स्थानीय पोमनारायण पोख्रेलले बताए ।
सबै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा पठाइएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बताए । जीप सडकबाट एक सय २० मिटर तल खसको छ ।
दुर्घटनामा करिब ३० वर्षकी शारदा केसीको ज्यान गएको उद्धारमा खटिएका स्थानीयले बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०७४ सोमबार ००:००  ९ : ३१ बजे