१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

राती ९ बजेपछि मदिरा बेच्ने लाई कारवार्ही गरिने



शिवलाल सुवेदी गुल्मी ९ कात्तिक ।

जिल्लाको मदाने गाउँपालिकाले मदिरा बिक्रि वितरणमा कडाई गरेको छ । गाउँ कार्यपालिकाको सम्पन्न वैठकले मदिरा बिक्रि वितरणमा कडाई गरेको हो ।

मदाने गाउँपालिका भित्र वेलुका ६ बवेदेखि साती ९ बजेसम्म मात्र मदिरा बिक्रि वितरण गर्न पाउने गरि निर्णय गरेको कार्यकारी अधिकृत शुरेस भण्डारीले जानकारी दिएका छन ।

कार्यकारी भण्डारीका अनुसार पछिल्लो समय बिहानै देखि रातीसम्म पनि मदिरा बिक्रि बितरण गर्ने लगायत मानिसहरुले मदिरा सेवन गरेर होहल्ला गदै हिड्ने प्रवृति बढीरहेकाले पालिकाले मदिरा निश्चित समयमा बिक्रि बितरण गर्नका लागि निर्णय गरिएको बताए ।

मदिराले समाजमा बिभिन्न प्रकारका अपराधिक क्रियाकलापदेखि समाजमा नकारात्मक प्रभाव परिरहेकाले आफुहरुले निर्णय नै गरेर मदिार बिक्रि बितरणमा कडाई गर्नुपरेको मदाने गाउँपालिका प्रमुख दान बहादुर खत्री केसीले बताए ।

समाजमा केटाकेटीहरुलाई पनि मदिरा बिक्रि बितरण गर्ने चलन रहेछ प्रमुख दान बहादुरले भने‘ हामीले गाउँ कार्यपालिकाको वैठक वोलाएर सवै सदस्यहरुको सल्लाह अनुसार मदिरा बिक्रि बितरण गर्ने समय तालिका निमार्ण गरेका छौ, यसलाई कडाईका साथ लागु गछौ ।’ पालिका भित्र अन्य समयमा बिक्रि वितरण गर्ने र मदिरा सेवन गरेर होहल्ला गर्नेलाई तत्काल पक्राउ गरि कारवाही गरिने समेत निर्णय भएको केसीले बताए ।

मदिरा नियन्त्रण लगायत अन्य बिभिन्न अपराधिक र समाजमा नकारात्मक प्रभाव पार्ने कामहरुको नियन्त्रण गर्नका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहको प्रहरी सहितको समिती निमार्ण गरिएको छ ।

पालिकाले स्थानीय सञ्चार माध्यमहरुवाट सार्वसनिक सुचना प्रसारण गरि मदिरा बिक्रि बितरण गर्ने समय कात्तिक ६ गतेवाट लागु गरेको छ । कृषि, पर्यटन, उद्योग, स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, बिद्यृत, लगायत स्थानीय उत्पादन र जनताहरुको आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले निती तथा कार्यक्रम बनाएर काम शुरु गरेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७४ बिहिबार ००:००  ४ : ३२ बजे