१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

इमर्जेन्सी कक्षमा चिकित्सक नहुँदा बिमारी समस्यामा



महोत्तरी, कात्तिक १० । गौशाला नगरपालिका(४ का प्रमोद कापर दुर्घटनमा घाइते भएर प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको लागि आए । अस्पतालमा ६ घण्टासम्म स्वास्थ्यकर्मीको प्रतिक्षा गरे । तर उपचार पाउन सकेनन्।
उपचारका लागि आएका घाइते कापरले डाक्टरलाई ६ घण्टासम्म प्रतीक्षा गर्दासमेत उपचार नपाएपछि निजी क्लिनिका उपचार गराई घर फर्के । बिहीबार विहान ८ बजेतिर गाउँमा दुर्घटनामा परेर घाइते भएका कापर अस्पतालमा आएका थिए । अस्पतालमा कार्यरत डा सुदीप यादव अस्पताल नआएपछि घाइते कापर निजी क्लिनिकमा उपचार गराएर फर्केका हुन् । गौशाला नगरपालिकाको प्राथामिक स्वास्थ्य केन्द्र गौशालामा सर्वसधारणको सहुलियतका लागि सरकारी सुविधा ईमर्जेन्सी सेवाको व्यवस्था गरिएको छ । तर डाक्टर नभएपछि घाइते कापर जस्तै उपचारको लागि अस्पताल आउने बिरामि फर्केर निजी क्लिनिकमा जान बाध्य भएका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्रमा वर्षौंदेखि कुर्सी ओगेटेर बसेका माफियाहरुका कारण अस्पताल सेवा केन्द्र भन्दा पनि लुट केन्द्रमा परिणत भएको छ । अस्पतालमा हाजिरी गरेर गौशालामा अवैध रुपमा क्लिनिक सञ्चालन गरी स्वस्थ्यकर्मीले लुट मचाएका छन् ।
अस्पतालमा कार्यरत चिकित्सक मिसर साहका अनुसार अस्पतालमा १७ जना कर्मचारी कार्यरत छन् । एक सिफ्टमा ३ जनाका दरले कार्यरत कर्मचारी छन् । विकास समितिको लापरवाहीले अस्पताल वेथितीको शिकार हुँदै आएकोले अब क्रमिक रुपमा सुधार गरिने गौशाला नगरपालिका वडा नं। ४ का वडाअध्यक्ष रामबाबु साहले बताउनुभयो ।

प्रकाशित मिति : १० कार्तिक २०७४ शुक्रबार ००:००  ७ : ३८ बजे