१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बुटवलमा वाइसिएलद्वारा किसानको धान नियन्त्रण



बुटवल १२ कार्तिक ।

रुपन्देहीकोे शुद्धोधन गाउपालिका बेलडाडाका किसान मुनिव लोनियाको धान माओवादी केन्द्र निकट योग कम्युनिष्ट लिग (वाइसिएल)ले नियन्त्रणमा लिएको छ ।

पाकेको धान थ्रेसर लगाउने तयारीमा राखेको अवस्थामा २०÷२२ जनाको समूहमा आएका वाइसिएलका कार्यकर्ताले धान थ्रेसर लगाएर लगेका हुन ।

किसान लोनियाले २० क्विन्टल धान लुटिएको बताउनुभयो । घटना कार्तिक ५ गते भएको हो । जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका लोनियाले धान लुट्नेलाई कारबाही नगरिएको बताउनु भयो । दुःख गरेर उब्जाएको धान एका–एक लुटियो,भन्दै उहाले कारबाहीको माग गर्नु भयोे । सवा ९ कट्टा जमिनमा २० क्विन्टल जति धान फलेको उहाले बताउनु भयो ।

वाइसिएलका प्रदेश ५ का सदस्य शम्भु लोनियाको नेतृत्वमा आएको टोलीले धान नियन्त्रणमा लिएको हो । उनीसंगै शुद्धोधन गाउपालिका उपाध्यक्ष इन्द्र गैरे, हिमाल गैरे लगायतहरु सहभागि रहेका थिए । प्रहरीले शम्भुलाई नियन्त्रणमा लिए पनि अर्काे दिन छाडेको थियो ।

वाइसिएलका नेता शम्भुले विवादित जग्गामा धान उत्पादन भएकाले धान नियन्त्रणमा लिएर पीडित परिवारलाई प्रदान गरिएको बताउनुभयो ।

यो जग्गामा दाजुभाईको बिबाद छ । पुनरावेदन अदालत बुटवलले ०७१ सालमा जग्गा मुनिवको रहेको र अन्यको दावि नलाग्ने भएको भन्ने फैसला गरेको थियो । फेरि जिल्ला अदालत रुपन्देहीमा ०७४ जेठ २४ मा जग्गा खनजोत गर्दै आएका जेठो र माइलो भाईले मुनिवलाई नैै जग्गा छोडिदिएको स्पष्टिकरण दिएका छन् ।

मुनिवले अदालतको अपहेलना गर्दै आफ्नो जग्गामा उब्जिएको धान लुटिएको भन्दै कडा कारबाहीका माग गरेका छन् । इलाका प्रहरी कार्यालय छपियाका निरीक्षक होेम प्रकाश चौधरीले दुबै पक्षलाई राखेर बिबाद मिलाइने बताउनुभयो ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७४ आइतबार ००:००  ६ : ४३ बजे