१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

वाम एकता आर्थिक समृद्धि र जनताको आवश्यकता – गोकर्ण



शिवलाल सुवेदी, गुल्मी १४ कात्तिक ।
नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले बाम एकता आर्थिक समृद्धि र जनताको आवश्यकता भएको बताएका छन । वामपन्थी शक्तिहरु बिच भएको चुनावी तालमेल र पार्टी एकीकरणसम्म अगाडि बढेको प्रति मुलुकमा अधिनायकवाद र कम्युनिष्ट शासन आउने भन्दै बिभिन्न टिका टिप्पणीहरु वहिर आईरहेकाले वाम एकता आर्थिक समृद्धि र जनताको आवश्यकता भएको दावी गरे ।

प्रेस चौतारी नेपाल गुल्मी र प्रचार विभाग गुल्मीले मगंलवार विहान तम्घासमा गरेको पत्रकार भेटघाटमा नेता विष्टले अहिले निमाणृ भएको वाम एकता कम्युनिष्ट शासनका लागि नभई आर्थिक समृद्धि र जनताको आवश्यकता अनुसार भएको बताएका छन् । देशकै प्रधानमन्त्रीले नै वाम गठबन्धनले मुलुकमा अधिनायकवाद आउने अभिब्यत्ति दिइरहनु भएकोे छ नी भन्ने पत्रकारहरुको जिज्ञाशामा पूर्व मन्त्री समेत रहेका विष्टले बाम एकताले देशमा कम्युनिष्ट शासन आउने होईन नेपाली जनताहरुको सुझाव र आवश्यकता अनुसार तालमेलले देशको आर्थिक विकासलाई गति दिने दावी गरे । उनले जनताले आफ्नो अभिमत प्रयोग गर्दा कसरी अधिनायकवाद र कम्युनिष्ट शासन हुन्छ भन्दै प्रश्न समेत गरे ।

लोकतान्त्रिक शक्तिहरुबिच तालमेल र एकीकरण हुनुलाई अस्वभाविक लिन नहुने भन्दै उनले भने‘ नेपाली काग्रेसले पनि कुनै राजनितीक दलहरुसगँ तालमेल गरेर अगाडि बढेस हामी स्वागत गर्न तयार छौ ।’ लामो समयदेखि जनताहरुलाई अधिकार सम्पन्न गराउनका लागि कम्युनिष्टहरु लडिरहेका थियौ त्यो अधिकार वामपन्थी शक्तिहरुको यो चुनावी तालमेल पछि अव हुन लागेको निर्वाचनपछि छिट्टै पुरा हुने उनको भनाई थियो ।

नेपालमा ७ दशक यता कुनै पनि स्थिर सरकार नबनेको स्मरण गराउदै गुल्मी क्षेत्र नम्बर २ मा वाम गठबन्धवाट प्रतिनिधी सभा निर्वाचनका उम्मेदवार रसमेत रहेका बिष्टले भने ‘ हामी विचार मिल्ने पार्टीहरुबीच एकता गरेका छौ, नेपाली जनता ठूलो आर्थिक क्रान्तिको पखाईमा रहेका छन, यो सवै निर्वाचन सम्पन्न भएपछि हुन्छ ।’ उनले बाम गठबन्ध जस्तै बिचार मिल्नेहरुबीच पाटी एकता हुन आवश्यक रहेको बताए ।
लोकतन्त्रको आधारभूत मान्यताअनुसार नेकपा एमाले र माओवादी केन्द्रबीच बाम एकता भएको उनले बताए । समाजवादको आधार निर्माण गर्न सबैले संकल्प गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७४ मंगलबार ००:००  १ : ०५ बजे