१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

दाङमा एक मात्रै महिला उम्मेदवार



दाङ, १८ कात्तिक ।
मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको प्रत्येक्ष तर्फको चुनावमा दाङमा मुख्य तीन दलबाट एक मात्र महिलाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फ ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबाट चुनाव लड्ने उम्मेदवार मध्ये एक मात्रै महिला उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले मात्रै एउटा महिलालाई उम्मेदवार बनाएको छ ।
तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा क्षेत्र नं १ बाट नेपाली कांग्रेसले निवर्तमान सभासद सुशीला चौधरीलाई मात्रै उम्मेदवार बनाएको छ । चौधरी बाहेक कांग्रेसबाट प्रत्यक्षको चुनाव लड्ने सबै पुरुष रहेका छन् । एमाले—माओवादी गठबन्धले प्रतिनिधि तथा प्रदेशसभा दुवैमा महिलालाई उम्मेदवार बनाएको छैन ।
दलहरुका तर्फबाट प्रतिनिधिसभातर्फ २३ र प्रदेशसभामा ४९ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभातर्फ स्वतन्त्रका ८ र प्रदेशसभातर्फ ९ गरी दाङमा ८९ जनाको उम्मेदवारी दर्ता भएको छ ।
ठूला दलबाट उम्मेदवार बनेका अधिकांश अनुहारहरु पुरानै देखिएका छन् । विगतका निर्वाचनहरुमा जिल्लाबाटै निर्वा्चित भएका र चुनावमा पराजितहरु अहिले पनि उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७४ शनिबार ००:००  २ : ४८ बजे