१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

‘गाउँदेखि केन्द्रसम्म वामपन्थी सरकार’, ‘१० वर्षमा गरिबीमुक्त मुलुक’ !



काठमाण्डौं, १८ कार्तिक ।
‘गाउँदेखि केन्द्रसम्म वामपन्थी सरकार’ भन्ने मूल नारा राख्दै एमाले–माओवादी केन्द्रसहितको वाम गठबन्धनले संयुक्त चुनावी घोषणापत्र तयार गरेको छ ।
आगामी १० वर्ष्भित्र गरिबीको रेखामुनि रहेका सबैलाई मुक्त गर्ने महत्त्वाकांक्षी लक्ष्य वामपन्थी गठबन्धनले बोकेको छ । भूकम्प र नाकाबन्दीपछि करिब २५ प्रतिशत हाराहारीमा रहेको गरिबीलाई दस वर्ष्भित्रै निर्मूल पार्ने प्रतिबद्धता गठबन्धनले गरेको छ ।
दुई दिनअघि वाम गठबन्धनको प्रमुख प्रतिस्पर्धी दल कांग्रेसले १० वर्षमा गरिबी ३ प्रतिशतभन्दा कममा सीमित गर्ने चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छ । हाल गरिबीको रेखामुनि २१ प्रतिशत जनसंख्या रहेको आधिकारिक तथ्यांक छ । भूकम्प र नाकाबन्दीपछि वृद्धि भई करिब २५ प्रतिशत हाराहारी पुुगेको अनुमान गरिएको छ ।
कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : १८ कार्तिक २०७४ शनिबार ००:००  ३ : २३ बजे