१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

जनार्दन शर्माको घरमा विप्लवको कालो झण्डा



महेश केसी, रुकुम,१८ कात्तिक ।
विना विभागीय मन्त्री जनार्दन शर्माको घरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालो झण्डा राखेको छ। आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचन बहिस्कार गरेको उक्त पार्टीले माओवादी केन्द्रका नेता शर्माको घरमा विरोध स्वरुप कालो व्यानर राखेको जनाएको छ ।
शर्मा बामगठबन्धनका तर्फबाट रुकुम पश्चिमको प्रतिनिधि सभाका उम्मेदवार हुन्। मुसिकोट नगरपालिका ५ सेरिगाउँमा रहेको शर्माको घरमा गएराति कालो झण्डा राखिएको छ। नेपाल कम्युनिष्ट पार्टीको नाममा रहेको झण्डामा ’दलाल संसदीय व्यवस्था मुर्दावाद’ लेखिएको छ ।
माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोपाल शर्माले भने कसैले पनि कालो झण्डा नराखिएको दावी गरे । यता जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थम्मन रजालीले पनि घटनाका बारेमा प्रहरी प्रशासनलाई जानकारी नभएको समेत बताएका छन् ।
अन्नपूर्ण पोस्ट्बाट

प्रकाशित मिति : १८ कार्तिक २०७४ शनिबार ००:००  ३ : ५६ बजे