८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मधेशको मुद्धा बामपन्थीले पुरा गर्छ -बलदेव



राजेश चौधरी, कपिलवस्तु, १८ कार्तिक ।
कपिलवस्तु प्रतिनिधी सभा १ का बामपन्थी उम्मेद्धवार चक्रपाणी खनाल (बलदेव)ले मधेशको मुद्धा आफुहरुले नै उठाएको र त्यो बामपन्थी सरकारले पुरा गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कपिलवस्तुको तौलिहवा स्थित एमाले पार्टी कार्यालयमा बामपन्थी गठबन्धनका जिल्ला स्तरीय नेताको संयुक्त बैठकलाई सम्बोधन गर्दै बलदेवले निर्वाचित बामपन्थी सरकाले मधेशको मुद्धा सम्बोधन र सम्पन्न मधेशका लागि आत्मनिर्भर कार्यक्रम ल्याउने बताउनुभयो । “मधेश सम्पन्न भए देश सम्वृद्ध हुन्छ, उनीहरु देशका धर्तीपुत्र हुन् उनका माग मेरो पहिलो मुद्धा हो” उहाले भन्नुभयो । आफुहरुले गरेको प्रतिबद्धता बाट अहिले सम्म पछि नहटेको बताउदै प्रतिनिधी सभा १ का उम्मेद्धवार बलदेवले बामपन्थी सरकारलाई दुई तिहाई बहुमतले जिताएर स्थायी सरकार मार्फत मधेश र देशको समुन्नत विकासका लागि सबै मतदाता संग आग्रह गर्नुभयो ।

संयुक्त बैठकमा बोल्दै एमाले नेता खिमलाल भट्टराईले बाम गठबन्धन जनताको चाहना र भावना अनुरुप गरिएको बताउनुभयो । देशमा सबै भन्दा बढि शासन गरेको दरबार र कांग्रेस सधै विकासको बाधक बनेकै कारण अहिले देश यो अवस्थामा पुगेको भन्दै अबको स्थिर सकारले नै विकास र परिवर्तनको झल्को दिन सक्ने भट्टराईले दाबी गर्नुभयो । प्रदेश सभा १ को (१) का बामपन्थी साझा उम्मेद्धवार तथा युवा नेता विष्णु पंथीले कपिलवस्तुको बर्तमान अवस्थामा बामपन्थी नेतृत्वको जित आवश्यक रहेको बताउनुभयो । अशिक्षा, बेरोजगारी, गरिबी र विकासको अभावले ग्रसित कपिलवस्तुको समग्र परिवर्तन र विकासका लागि बाम गठबन्धनका सबै उम्मेद्धवार विजयी बन्नु आवश्यक रहेको दाबी गर्नुभयो । “अब बन्ने बामपन्थी सरकारको पहिलो प्राथमिकतामा कपिलवस्तुका मुद्धा प्राथमिकतामा हुन्छन् ” उहाले भन्नुभयो ।

संयुक्त बैठकले माओवादी केन्द्र र नेकपा एमाले पार्टी एकीकरणका लागि केन्द्रीय सर्कुलर अनुसार एमाले अध्यक्ष झवीलाल पोख्रेलको संयोजकत्वमा ७ सदस्सीय जिल्ला स्तरीय पार्टी एकीकरण संयोजन समिति गठन गरेको छ । जसको सह–संम्योजकमा माओवादी जिल्ला इन्चार्ज भानुप्रकाश श्रेष्ठ हुनुहुन्छ । सदस्यहरुमा एमाले नेता बलराम अधिकारी, बाबुराम खनाल, डम्बर शर्मा र माओवादी जिल्ला संयोजक विष्णु शाह र कमल चुदाँली रहनुभएको छ । यसै गरि निर्वाचन अभियान परिचालनका लागि ३ वटै क्षेत्र उप–समितीहरु गठन गरिएको छ ।

माओवादी नेता डोरप्रसाद उपाध्याय (निर्मलकुमार)का अनुसार प्रतिनिधी सभा १ को निर्वाचन परिचालन संयोजकमा डम्बर शर्मा र सह संयोजक कमल चुदाँली, २ को संयोजकमा बाबुराम खनाल र सह–संयोजकमा रुद्रलाल बन्जाडे र ३ को संयोजकमा सफर अलि मिया र सह–संयोजकमा बालकराम बुढा र जित बहादुर थापालाई चयन गरिएको छ । वैठकमा माओवादी नेता डोरप्रसाद उपाध्याय, गिरीधारीलाल न्यौपाने, एमाले नेता कृष्ण पौडेल, टिकाराम अर्याल, शान्तिदेवी चमार, प्रदेश सभा १ को २ का उम्मेद्धवार फैजरुल अहमद लगायतको सहभागिता रहेकको थियो । दुबै पार्टीको संयुक्त वैठकले विभिन्न निर्वाचन परिचालनका लागि उप–समितीहरु समेत निर्माण गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७४ शनिबार ००:००  १ : ३८ बजे