१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

काम गर्ने टोपबहादुर र प्रदिप ! भजाउने चन्द्र भण्डारी !



गुल्मी, १९ कात्तिक ।
नेकपा एमालेका सचिव एवम् गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार प्रदिप ज्ञवालीले कांग्रेस नेता तथा क्षेत्र १ कै उम्मेदवार चन्द्र भण्डारीले अरुले गरेको कामलाई आफूले गरेको भनि झुटो प्रचार गरेको बताएका छन ।

माओवादी नेता टोपबहादुर रायमाझी, पुर्व मूख्यसचिव लीलामणि पौडेल र आफ्नो पहलमा ल्याएको सालझण्डी पटौती फास्ट्रयाक परियोेजना आफुले ल्याएको भनी भण्डारीले मतदातामा भ्रम सृजना गरेको आरोप लगाएका छन ।

नेता ज्ञवालीले भने, ‘म उहाँ जस्तो धेरै तल झरेर सस्तो प्रचार गर्न चाहन्न तर सालझण्डीबाट खोलिएको फास्ट्रयाक उहाँ सभासद हुनु अघि नै खोलिएको हो । ’

यस सम्वन्धमा तत्कालिन मुख्य सचिव लिलामणी पौड्यालसंग सम्पर्क राख्दा उनले पनि उक्त सडकको सर्वे गर्न टोपबहादुर रायमाझी, प्रदिपकुमार ज्ञवाली र आफु आएको बताएका छन् । चन्द्र भण्डारीले भने आफ्नो भिजन मै उक्त योजना आएको दावी गर्दै आएका छन् ।

एमाले नेता ज्ञवालीले आफ्नो भन्दा अझ बढि भुमिका टोपबहादुर रायमाझीको भएको र गुल्मीका सवै दलका नेताहरुको पहलमा उक्त योजना आएको र सवैको श्रेय जाने बताउँ छन् ।

शुक्रबार तम्घासमा पत्रकारहरु सम्मेलन गरेर भण्डारीले जिल्लामा विकास निर्माणको थुप्रै कार्य गरेको दावी गरेको थिए । भण्डारीले यति धेरै विकास निर्माणका काम गरेको मान्छे यहाँ चुनाब जित्ने कुरा मात्रै नभएर बेलायतमा भए प्रधानमन्त्री पो हुनु पर्ने मान्छे भएको बताएका थिए । उनको उक्त अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ ।

नेता ज्ञवालीले भने–‘हिजो मैले एउटा न्युज हेरेको थिएँ, चन्द्र भण्डारीजी बेलायतको प्रधानमन्त्री बन्ने दावी गर्नु हुँदो रहेछ अव उहाँलाई नेपालमा भोट माग्दै हिड्न पो किन प¥यो र ? बरु म उहाँलाई वेलायतको प्रधानमन्त्री बन्न शुभकामना दिन्छु ।’
एभरेष्ट दैनिकबाट

प्रकाशित मिति : १९ कार्तिक २०७४ आइतबार ००:००  २ : ४४ बजे