७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

दीपकुमारका बागीले उम्मेदवारी फिर्ता गरेनन



मायादेवी अनलाइन, कपिलवस्तु, १९ कार्तिक ।
कांग्रेस नेता दीपकुमार उपाध्याय विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका दुर्गा सेनले उम्मेदवारी फिर्ता नलिई चुनाव चिह्न रोज्नुभएको छ । कांग्रेसका महासमिति सदस्य समेत रहेका सेनले चुनाव चिह्न किताव लिएको मुख्य निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ । मनोनयन दर्ताको दिन गत विहीबार नेता उपाध्याय विरुद्ध वागी उठेका सेनलाई पटक पटक उम्मेदवार फिर्ता लिन आग्रह गरे पनि उहाले अस्विकार गर्नुभएको छ ।
सुरुमा प्रदेशसभा १ मा चुनाव लड्ने तयारीमा रहेका सेन एकाएक उपाध्याय विरुद्ध खनिनुभएको हो । आफुले पाउने टिकट उपाध्यायले काटेको भन्दै उपाध्याय विरुद्ध सेनले प्रतिनिधिसभा मै उम्मेदवारी दिई चुनौती थपेका छन । नेता उपाध्याय भारतका लागि नेपाली राजदुतबाट भर्खरै राजीनामा दिएर चुनावमा होमिनु भएको छ ।
आसन्न मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्रगत आइतबार चुनाव चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका अनुसार जिल्लामा ५ जना बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन । प्रतिनिधिसभा २ मा कांग्रेस विरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका लोकेन्द्र ध्वज खाँणले उम्मेदवारी फिर्ता लिएका छन ।
यस्तै बामपंथी गठबन्धनका आधिकारीक उम्मेदवार विरुद्ध बागी उठेका प्रतिनिधिसभा १ का प्रदेशसभा (२) का अजिजुर रहमान शेषले पनि उम्मेदवारी फिर्ता लिएका छन । सोहि क्षेत्रमा कांग्रेसका आधिकारीक उम्मेदवार विरुद्ध स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका अमित कुमार पाण्डेले पनि उम्मेदवारी फिर्ता लिएका छन । यसैगरि प्रतिनिधिसभा ३ का कांग्रेसका अकिल मियाँ र सोहि क्षेत्रका प्रदेशसभा (२) का कांग्रेसकै सकिल मियाँले पनि उम्मेदवारी फिर्ता लिएका छन ।
तीन प्रतिनिधिसभा र छ प्रदेशसभा रहेको कपिलवस्तुमा ९ पदका लागि १ सय ८६ जनाले विहीबार मनोनयन दर्ता गराएका थिए । जिल्लामा १२ राजनीतिक दलले आधिाकारिक उम्मेदवार उठाएका छन भने बाँकि सबै उम्मेदवार विभिन्न दलका बागी र स्वतन्त्र हुन ।
जिल्लामा ३ लाख ११ हजार ७ सय ६० मतदाता रहेका छन् । कूल मतदातामध्ये १ लाख ४२ हजार २ सय ९२ जना महिला रहेका छन् भने दुईजना तेस्रोलिङ्गी रहेका छन् । निर्वाचनको लागि कपिलवस्तुमा २ सय ३३ मतदानस्थल र ४ सय १० मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख ज्ञानहरी घिमिरेले बताउनुभयो ।

प्रकाशित मिति : १९ कार्तिक २०७४ आइतबार ००:००  ३ : १८ बजे