५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

गोकर्ण विष्ट भन्छन्, ‘बामगठबन्धनले जिते बृद्धभत्ता ५ हजार दिन्छौँ’



शिवलाल सुवेदी, गुल्मी २० कात्तिक ।
नेकपा एमालेका सचिव गोकर्ण विष्टले सामाजिक सुरक्षा भत्ता ५ हजार हुने बताउनु भएको छ । स्थिर सरकार र समृद्धीका लागि वाम गठबन्धन निमार्ण भएर चुनावी मैदानमा रहेकाले अव बन्ने सरकारले सामाजिक सुरक्षा भत्ता ५ हजार बनाउने बताउनु भयो ।

उहाले वृद्ध,अपाङ्ग, दलित, महिला जनजाती लगायत सवै क्षेत्रको संबिधानमा लेखिएका अधिकारहरु ब्यवहारमा लागु गर्नका लागि वाम गठबन्धन निमार्ण भएकाले अव निर्वाचन पछि बन्ने सरकारले सामाजिक सुरक्षा बृद्धि गर्ने दावी गर्नु भयो ।

आइतबार वामगठबन्धन मुसिकोट नगरपालिका वामीटक्सारले आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गदै उहाले निर्वाचनमा वाम गठबन्धनको दुई तिहाई बहुमत आउने दावी गदै त्यसपछि बन्ने सरकारले सामाजिक सुरक्षा भत्ता बृद्धि भई ५ हजार पुग्ने ठोकुवा गर्नु भयो ।

उहाले १ स्थानीय तहमा १ उद्योग सञ्चालन गर्ने, टेक्निकल शिक्षालय स्थापना गर्ने, प्रत्येक घरमा खानेपानीको धारा, सिचाई, अस्पताल निमार्ण लगायतमा नयाँ ढगंले विकास गर्नका लागि पनि आफु गुल्मी क्षेत्र नम्बर २ वाट प्रतिनिधी सभा निर्वाचनका उम्मेदवार भएको बताउनु भयो ।

साथै उहाले बिएसम्म निशुल्क शिक्षा प्रदान गर्ने समेत बताउनुभयो । नेता विष्टले कार्यक्रमलाई सम्वोधन गदै मुसिकोट नगरपालिकाको गूरु योजना निमार्ण गर्ने काम अगाडि बढीरहेको जानकारी गराउदै गूरु योजना सम्पन्न भएपछि मुसिकोट नगरपालिका देशकै नमुना बन्ने जनाउनुभयो ।

प्रकाशित मिति : २० कार्तिक २०७४ सोमबार ००:००  १ : ४५ बजे