७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कपिलवस्तुका ५ जनाले वागी उम्मेदवारी फिर्ता लिए



कपिलवस्तु, २० कार्तिक ।
कपिलवस्तुमा ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । २ जनाले प्रतिनिधी सभावाट र ३ जनाले प्रदेश सभावाट उम्मेदवारी फिर्ता लिएका हुन् । जिल्ला निर्वाचन कार्यलय कपिलवस्तुका अनुसार ५ जनाको उम्मेदवारी फिर्ता भएको हो । जिल्ला निर्वाचन कार्यलयका प्रमुख ज्ञानहरी घिमिरेका अनुसार आइतवार १ वजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो ।
त्यसरी फिर्ता लिनेमा एमालेका जिल्ला नेता अजिजुर रहमान शेष , नेपाली कांग्रेसका यूवा नेता अमित पाण्डेले क्षेत्र नं १ को प्रदेश सभा २ वाट स्वतन्त्र उम्ेदवारी फिर्ता लिनु भएकोछ ।एमाले नेता अजिजुर रहमान शेषले पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र पूर्व गृहमन्त्री वामदेव गौतमको विशेष अनुरोध र यूवानेता विष्णु पन्थी ,निवर्तमान सांसद वलराम अधिकारीको रोहवरमा उम्ेदवारी फिर्तालिई वामगठबन्धनलाई जिताउन लागि पर्ने वताउनु भयो ।
वागी उम्मेदवारी दिएपनि पार्टीले चित्त बुझाउन सफल भएकाले फिर्ता लिएको उहाको भनाइछ । प्रतिनिधी सभा क्षेत्र नं २ वाट वागी उम्मेदवारी दिनु भएका तरुणदलका जिल्ला नेता लोकेन्द्र ध्वज खाणले उम्मेदवारी फिर्तँ लिनु भएकोछ । यसैगरी नेपाली कांग्रेसका स्थानीय नेता वकिल मियाले प्रतिनिधी सभा क्षेत्र नं ३ मा दिनु भएको उम्मेदवारी फिर्तँ लिनु भएकोछ ।
कांग्रेसका वागीहरुले पार्टीका केन्द्रिय नेता तथा जिल्ला सभापति सुरेन्द्रराज आचार्यको विशेष अनुरोधमा फिर्ता गरेको जनाएका छन् । त्यसैगरी ३ नम्वर क्षेत्रको प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवार साकिल मियाले वागी उम्मेदवारी फिर्ता लिनु भएकोछ ।
यता नेपाली कांग्रेसका जिल्ला उपसभापति समेत रहनु भएका राजु अर्याल र महासमिति सदस्य दुर्गा सेनले उम्म्मेदवारी फिर्ता लिनु भएको छैन भने संघिय फोरमवाट एमालेका प्रबेश गरेका इशरार खाले पनि उम्मेदवारी कायमै राख्नु भएकोछ ।

प्रकाशित मिति : २० कार्तिक २०७४ सोमबार ००:००  १ : ४६ बजे