१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नवलपरासी कांग्रेस चुनावी अभियानमा सक्रिय



सुनवल, २० कार्तिक ।
नेपाली कांग्रेस नवलपरासीले पार्टीका महासमिति सदस्य भिम बहादुर थापा क्षेत्रीको संयोजकत्वमा क्षेत्रिय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । जिल्लाको बर्दघाट सुस्ता पश्चिम प्रतिनिधि सभा २ मा नेपाली कांग्रेसका उम्मेदवार एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेल र सोही क्षेत्रको प्रदेश नम्बर १ मा प्रदेश सभामा कांग्रेसका उम्मेदवार गुणनिधि तिवारीलाई जिताउनका लागि पार्टीले आज यस क्षत्रिय समिति गठन गरेको हो ।

चुनाव प्रचारपं्रसार समितिका कार्यालय सुनवल नगरपालिकामा रहने गरि पार्टीका महासमिति सदस्य भरत थापालाई संयोजक तोकेको छ भने सो क्षेत्रमा पर्ने साविकका गाविस र नगरपालिकाका ईकाई सभापतिहरुलाई सह–संयोजक तोकेको छ ।

त्यस्तै पार्टीका जिल्ला कार्यसमिति सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षत्रिय कार्यसमिति सदस्य, तरुणदल का जिल्ला सदस्य एवं क्षेत्रिय कार्यसमितिका पदधिकारी एवं सदस्य र साविक गाउ नगर ईकाई समितिका वाड संयोजकहरु चुनाव प्रसार प्रसार समितिका सदस्य रहने गरि समिति गठन गरिएको नेपाल तरुण दलका जिल्ला सदस्य यज्ञ प्रसाद पौडेलले जानकारी दिए ।

पौडेलले भने नेपाली कांग्रेसका लोकप्रिय एजेण्डाले यस क्ष्ोत्रका बासीहरुको मन जिती बिजयी हुने आँकलन गरिएको छ । पार्टीका उम्मेदवारहरुलाई जिताउन पार्टीका सबै क्रियाशिल सदस्यहरु लागी परेको उनले बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७४ सोमबार ००:००  २ : २९ बजे