१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

देशको सम्बृद्धि र आर्थिक बिकास एमालेले मात्र गर्न सक्छ



कपिलबस्तु, २१ कात्तिक ।
नेकपा एमालेका केन्द्रिय सदस्य सिराज अहमद फारुकिले देशको सम्बृद्धि र आर्थिक बिकास नेकपा एमालेले मात्र गर्ने सक्ने बताउनुभएको छ ।

जिल्लाको बहादुरगञ्जमा आयोजित संयुक्त बाम गठबन्धन क्षेत्र नं. ३ को सम्पर्क कार्यालय उद्घाटन तथा चुनावी प्रचार प्रसार कार्यक्रमको शुभारम्भ गर्दै उहाले यस्तो बताउनुभएको हो । नेता फारुकिले हाल देश सङ्किर्ण अबस्थामा रहेकाले देशको आर्थिक बिकासका लागि बाम गठबन्धनलाई मतदान गर्न कपिलबस्तुबासिलाई आग्रह गर्नुभएको छ ।
एमालेले जति देशको विकास अरु कुनै दलले गर्न नसकेको उहाले बताउभयो । एमालेकै पालामा तराई मेधसको विकासमा सबैभन्दा बढी बजेट विनियोजन गरिएको उहाँको भनाई थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७४ मंगलबार ००:००  २ : ३७ बजे