११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

सुन्दर वडा निमार्णमा वडा अध्यक्ष क्षेत्री सक्रिय



अशोक पौडेल, जितपुर, २१ कात्तिक ।
कपिलवस्तुको बाणगंगा नगरपालिका अन्र्तगत वडा नः ४ का अध्यक्ष गणेश बहादुर क्षेत्रीको सक्रियताले सुन्दर वडा निमार्ण हुने भएको छ । स्थानीय निकायको निर्वाचन सकिएपछि वडा अध्यक्षको जिम्मेवारी पाएका क्षेत्रीले वडा नः ४ को बिकासमा सक्रिय रहेका छन । ११ वटा वडा रहेको बाणगंगा नगरपालिका अन्र्तगत वडा नः ४ सबैभन्दा बिकसित वडाका रुपमा चिनिन्छ । वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीको सत्रmियतामा चार नः चोक देखि सिद्धार्थ क्याम्पस बुङचीसम्मको महेन्द्र लोकमार्ग अन्र्तगत ८२ फिट भित्र रहेका बन बुट्यान फडानी गरीएको छ । डोजरको सहायता र स्थानियहरुको जनश्रमदानबाट उतm कार्य गरिएको हो ।

जसका कारण बाटो फराकिलो हुनुका साथै उतm बजार स्वच्छ देखिएको बताउँदै वडा अध्यक्षले गरेको काम निकै राम्रो भएको चार नः जितपुरका स्थानिय युवा समाजसेवी प्रदीप पौडेलले बताए । उतm क्षेत्रमा धेरै मात्रामा सडक दुर्घटना हुने बताउँदै सडक दुर्घटनामा पनि कमि आउने बिश्वास लिएको पोखरेलले बताए । स्वच्छ नगर निमार्णमा सहयोग पुग्ने उदेश्यका साथ डोजरको प्रयोग गरेर फडानी गरेको वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले बताए ।

वडा अध्यक्ष क्षेत्रीले वडा नः ४ लाई ग्रीन सिटिका रुपमा अगाडी लगिएको उनले बताए । सडक छेउमा फडानी गरिदा सडकमा चल्ने सवारी साधनलाई समेत सहज हुनुका साथै पैदल यात्रुलाई समेत धेरै फाइदा पुग्ने सिद्धार्थ नगर बिकास समितिका अध्यक्ष बिष्णु थापाले बताएका छन । सडक फराकिलो नहँुदा बजारको सौन्दर्यतामा पनि कमि आएको उनको भनाई छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७४ मंगलबार ००:००  ३ : ०३ बजे