११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

कांग्रेसले देशमा कति घात गरेको छ, सबै जनताको विचमा छर्लङ् छ : नेता बलदेव



मायादेवी अनलाइन, कपिलवस्तु, २२ कार्तिक ।
कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नम्बर १ का बामपंथी गठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल ‘बलदेव’ ले नेपाली कांग्रेस कस्तो पार्टी हो भनेर जनताको विचमा भनिरहनु नपर्ने बताउनुभएको छ । कांग्रेसले देशमा गरेको एक एक घात जताले राम्रो संग चिनिसकेको नेता बलदेवले बताउनुभयो । ०४६ साल पछि कांग्रेसले देशमा कम्युनिष्ट पार्टी प्रति विभिन्न भ्रम छरेर चुनाव जित्दै आएको इतिहास मुलुमा रहेको उहाँले बताउनुभयो । ‘कम्युनिष्टले चुनाव जिते ६० बर्ष पछि गोली हान्छ, सम्पत्ती खोसेर लग्छ भन्ने कांग्रेस कस्तो पार्टी हो नेता बलदेव भन्नुभयो, ‘जनताले राम्रो संग चिनेका छन । ’

कांग्रेसले छरेको भ्रमको विचबाट पनि कम्युनिष्ट नेता मनमोहन अधिकारीले बृद्धबृद्धालाई भत्ता दिएर जनताको मन जितेको इतिहास जगजायरै रहेको भन्दै अहिले पनि कांग्रेसले भ्रम सिर्जना गरेर चुनाव जित्ने प्रयास गरेको बताउनुभयो । नेता बलदेवले भन्नुभयो, “कांग्रेसको त्यो सपना कहिल्यै पुरा हुदैन ।” बामपंथी गठबन्धनले चुनाव जिते देशमा लोकतन्त्र धरापमा पर्छ भन्ने वाइयात कुरा मात्र भएको उहाँले स्पष्ट पार्नुभयो । दुनियामा यस्ता कुतर्क पनि गर्न मिल्छ, नेता बलदेवले भन्नुभयो, “जो लोकतन्त्र, गणतन्त्र स्थापना गर्न जीन्दगी भरि लड्यो उसैलाई यस्तो आरोप कांग्रेसले लगाउँदै हिडेको छ, त्यस्तो भ्रम चिर्नु पर्छ ।”

देशको चुनाव बामपंथीले जितिसकेको कुरा कांग्रेसले पनि स्विकार गरेको उहाँले खुलासा गर्नुभयो । चुनाव बामपंथीले जितिसकेको कुरा कांग्रेसले पनि स्विकार गरेको छ, उहाँले भन्नुभयो, “अबको मेहनत दुई तिहाई ल्याउन हो ।” कांग्रेसले जसरी हुन्छ बामपंथीलाई दुई तिहार मत ल्याउनबाट रोक्ने प्रयासमा रहेको उहाँले बताउनुभयो । बामपंथीको जित संगै देश आर्थिक समृद्धिको दिशामा जाने उल्लेख गर्दै नेता बलदेवले भन्नुभयो, “कांग्रेसलाई भोट दिएर १० बर्ष पछि पर्ने कि १० बर्ष अगाडी जाने त्यो मतदाताको हातमा छ ।”

 

प्रकाशित मिति : २२ कार्तिक २०७४ बुधबार ००:००  ५ : ५८ बजे