१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

देशको मुहार फेर्न बामपंथीलाई भोट दिनुस : नेता विष्णु पंथी



मायादेवी अनलाइन, कपिलवस्तु, २२ कार्तिक ।
कृषिको आधुनिकिकरण र बढ्दो बेरोजगारी अन्त्यको लागि बामपंथी गठबन्धनको जीत अनिवार्य भएको प्रतिनिधिसभा १ का प्रदेशसभा ‘१’ का उम्मेदवार विष्णु पंथीले बताउनुभएको छ । देशमा राजनीतिक परिर्वतन भएपनि आर्थिक परिवर्तन नभएको जिकिर गर्दै नेता पंथीले आर्थिक परिवर्तनको लागि बामगठबन्धन बनेको स्पष्ट पार्नुभयो । कांग्रेसले बामपंथीको जितभए लोकतन्त्र धरासयी हुन्छ भन्दै प्रचार गरेकोले त्यस भ्रमलाई चिर्न जरुरी रहेको बताउनुभयो । बुधबार प्रतिनिधिसभा १ र प्रदेशसभा १ को संयुक्त प्रचारप्रसार कार्यलयको उद्घाटन गर्दै उहाँले देशका ठुला ठुला परिवर्तन बामपंथी दलकै कारण भएकोले जनताले बामपंथी गठबन्धनलाई भारी मतले जिताउने विश्वास व्यक्त गर्नुभयो । “समग्र देशको सामाजिक, आर्थिक विकासको लागि बामपंथी गठबन्धनले जित्नु पर्छ, नेता पंथीले भन्नुभयो, बल्ल देशको मुहार उज्यालो हुन्छ । ”

कांग्रेसलाई जनताले पकट पटक जिताएर पठाए पनि जनताले महसुस हुने गरि विकास नभएको यर्थाथ कुरा भएको बताउनुभयो । कसैलाई गाली गर्नुभन्दा पनि वास्तविक धरातललाई हरौँ, ‘देशमा कति विकास भएको छ ।’ बामपंथी दलका जति सरकार बने त्यति नै सरकारले जनताको मन जितेको यथार्थ कुरा जनताले थाहा पाएको बताउनुभयो ।

निरङ्कुश पञ्चायत, बहुदल हुदै गणतन्त्र सम्म आईपुग्दा कांग्रेस पटक पटक सरकारमा पुगेपनि देशको आर्थिक समृद्धि झन तलतल झर्दै गएको नेता पंथीले बताउनुभयो । उद्योगधन्दा, कलकारखानालाई बेचेर खाने पार्टी कांग्रेस नै भएको उहाँले बताउनुभयो । आर्थिक उदारीकरणको नीतिले सरकारी उद्योगधन्दा सबै धरासायी भएको उहाको जिकिर थियो । अब जनताको विचमा बामगठबन्धन जाने र जनताको मन जितेर विकास निर्माणको काममा लाग्ने उहाँले उद््घोष गर्नुभयो ।

 

प्रकाशित मिति : २२ कार्तिक २०७४ बुधबार ००:००  ६ : १७ बजे