१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बृजेश कुमार गुप्ता घरदैलोमा सक्रिय, स्थानीय जनताद्धारा भव्य स्वागत



मायादेवी अनलाइन, कपिलवस्तु, २२ कार्तिक ।
कपिलवस्तु प्रतिनिधिसभा २ नम्बर क्षेत्रका लोकप्रिय नेता बृजेश कुमार गुप्ताले घरदैलो अभियानलाई तीव्र पार्नुभएकोछ । आसन्न मंसिर २१ को निर्वाचन नजिकिदै गइरहेको बेला नेता गुप्ता घरदैलो अभियानमा सक्रिय हुनुभएको हो । संयुक्त बामगठबन्धनको सूर्य चिह्नबाट चुनाव लड्न थाल्नुभएका नेता गुप्ता पूर्व कानुन तथा न्याय मन्त्री समेत बनिसक्नुभएको छ ।
नेता गुप्तालाई घरदैलो अभियानको बेला स्थानीय जनताले भव्य स्वागत गरिरहेका छन । मधेसका निकै लोकप्रिय नेता गुप्तालाई्् हजारौ कार्यकर्ताले भव्य स्वागत गरिरहेका हुन । चुनावी गठबन्धनलाई आधार मान्ने हो भने उहाँ विपक्ष दलभन्दा करिब ४ हजार भोटले अगाडी हुनुहुन्छ । तरपनि जनताको मनमा बस्न सफल हुनुभएका नेता गुप्ता सबै जनताको घरदैलोमै पुग्ने प्रयास गरिरहुनभएकोछ ।
निर्वाचनमा आफु लगायत बामपंथी गठबन्धनलाई भोट दिएर जिताउन नेता गुप्ताको आग्रह छ । जिल्लाको कृषि क्षेत्रलाई आधुनिकिकरण गर्ने र सिंचाईको सुविधा पु¥याउने उहाँको चुनावी एजेण्डा छ । यस्तै पर्यटनको क्षेत्रलाई पनि उहाँले उच्च प्राथमिकतामा राख्नुभएकोछ भने बेरोजगारीलाई रोजगारी दिलाउने पनि उहाँको चुनावी एजेण्डा रहेको छ । जिल्लाबाट तीन पटक सम्म ससंदमा जित्दै आउनुभएका गुप्ताले आफ्नो क्षेत्रमा थुप्रै विकास गर्नुभएकोछ ।
जिल्लामा उत्तरी र दक्षिणी भेगका जनताले यसपाली बामपंथी गठबन्धनलाई भोट दिए पाँच बर्ष हेर्ने भन्दै सूर्य चिह्नमा मत दिने विश्वास पनि दिलाएका छन ।

 

 

प्रकाशित मिति : २२ कार्तिक २०७४ बुधबार ००:००  ६ : ५७ बजे