११ आश्विन २०७९, मंगलबार | Wed Sep 28 2022

अभिषेक शाह भन्छन्, चुनावमा जिताउनु कपिलवस्तुको विकास गर्छु



कपिलवस्तु, २३ कार्तिक ।
नेपाली काग्रेका युवा नेता द्धय निर्वातमान सांसद अभिषेक प्रताप शाह र अजय थापाले कपिलवस्तुको पश्चिमी क्षेत्रको विकासमा लाग्ने बताएका छन् । सनथै उनिहरुले विकास सगै देशको विकास र सद्भावका लागि नेपाली कांग्रेसलाई मतदान गर्न अग्रह गरेका छन् । स्थानीय क्षेत्रको समग्र विकासका लागि हामी अघी बढेको बताएका छन् ।
पहिले भन्दा धेरै नै विकास भएको बताउदै अझै पनि समृद्ध क्षेत्रको कल्पना सहीत आप्नो उम्मेदवारी दिएको युवा नेताद्धय शाह र थापाले बताए ।
नेता शाहले कृष्णनगर क्षेत्र नेपाल भारत व्यापार आर टि ओ रोडको विकास र शिक्षा क्षेत्रमा विषेश रुपमा काम गर्न आपु तयार रहेको बताए । उक्त क्षेत्रमा उच्च स्तरीय कलेज निर्माण गर्ने, महिलाको लागि छुट्टै कलेज निर्माण गर्ने, सडकलाई स्तरीय ४ लेनको बनाउने र एक सय शैयाको अस्पताल बनाउने लगायतका भौतिक पूर्वाधारका कार्यहरु बनाउने समेत प्रतिवद्धता गरे ।
युवा नेता थापाले धेरै पछाडि रहेको कारण अगामी १० वर्ष मुलुकबाट गरिबी हटाउने बताउदै विकासको मार्गमा मुलुक अगाडि आउने बताए । युवाहरुको नेत्तृत्वमा नै परिवर्तन हुने हुंदा युवामय क्षेत्र बन्दै गएकोमा कागे्रसको जित सुनिश्चित भएको थापाले बताए ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७४ बिहिबार ००:००  ४ : १७ बजे