१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

यु १९ एसिया कप क्रिकेट खेल आजदेखि खेल सुरु



काठमाडौं, २४ कात्तिक ।
उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट मेलेसियामा सुरु भएको छ । नेपालले शनिबार आफ्नो पहिलो खेलमा बंगलादेशसँग खेल्नेछ । प्रतियोगितामा अहिले भारत र मलेसिया, पाकिस्तान र अफगानिस्तान, युएई र श्रीलंकाबीच खेल भइरहेको छ ।
प्रतियोगिताका लागि मलेसिया जानुअघि बंगलादेशमा अभ्यास खेल खेलेको नेपाली टोली उच्च मनोबलसहित मैदान उत्रिँदैछ । नेपाली टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले बंगलादेशको तयारीले आफूहरुमा आत्मविश्वास बढेको बताएका छन् । पछिल्लोपटक भन्दा यसपटक एसियाकपमा प्रदर्शन राम्रो गर्ने लक्ष्य रहेको ऐरीले बताएका छन् ।
आठ टोली सहभागी प्रतियोगितामा पाँच टेष्ट मान्यता प्राप्त राष्ट्रसँगै आयोजक मलेसिया र दुई क्षेत्रीय विजेता प्रतिस्पर्धी छन् । नेपाल पूर्व क्षेत्रको विजेता हो । नेपाल रहेको समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन भारत, बंगलादेश र मलेसिया छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७४ शुक्रबार ००:००  ३ : २७ बजे