१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ‘बलदेव’ को जीत पक्का ! (आधार सहित)



मायादेवी अनलाइन, कपिलवस्तु, २५ कार्तिक ।
दोश्रो चरण अन्र्तगत मंसिर २१ गते हुन गइरहेको प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा दलहरु चुनावी मैदानमा होमिएका छन । देशभर बामपंथी दलहरु संयुक्त रुपमा चुनावी मैदानमा उत्रिएका छन भने कतिपय स्थानमा लोकतान्त्रिक गठबन्धन चुनावी मैदानमा उत्रिएको छ । हामी प्रनिनिधिसभा क्षेत्र नम्बर १ मा स्थानीय तहमा खसेको मत संख्यालाई आधार मानेर चुनावी जोड घटाउ गरेका छौ ।

प्रतिनिधी सभा क्षेत्र नं. १ मा बाणगंगा नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका र कपिलवस्तु नगरपालिकाका ३ वडा जोडिएका छन् । स्थानीय तह निर्वाचनमा ती क्षेत्रका प्रमुख पदका उम्मेद्धवारलाई खसेको मतको आधारमा लोकतान्त्रिक दलहरुको मत २७ हजार १ सय २८ मत हुन जान्छ । कांग्रेस, राप्रपा, फोरम लोकतान्त्रिक र नयाँ शक्तिको उम्मेद्धवारले उक्त मत पाएका छन् । बाम गठबन्धनको २६ हजार ७ सय १ मत रहेकोछ । तर संघिय फोरम र नया शक्ति सहितका दल छुटटा छुटटै लडेकाले कांग्रेसको मात्र मत करिब ४ हजारले घट्न जान्छ । जस अनुसार ४÷५ हजार मतले स्वत ः बाम गठबन्धन अगाडी रहेको स्थानीय तहको परिणामवाट प्रष्ट हुन्छ । अर्को तर्फ राजपा छाडेका वृजेश कुमार गुप्ताको समूहको मत समेत बाम गठबन्धनमा आएका कारण यस पटकको निर्वाचनमा बाम गठबन्धन वलियो देखिएको हो ।

बाणगंगा नगरपालिकामा लोकतान्त्रिक दलहरुले १६ हजार १ सय १, बाम गठबन्धनले १९ हजार ६ सय ८२ मत पाएका छन् । शुद्धोधन गाउँपालिकामा लोकतान्त्रिक दलहरुले ४ हजार ६ सय ७२ र बाम गठबन्धनले ३ हजार ४ सय ३७ मत पाएका थिए । मायादेवी गाउँपालिकामा लोकतान्त्रिक दलहरुले ६ हजार ३ सय ५५ र बाम गठबन्धनले ३ हजार ५ सय ८२ मत स्थानीय तह निर्वाचनमा पाएका थिए । यो सबैमा लोकतान्त्रिक गठबन्धन नवनेकाले करिव ५ हजार मतले बाम गठबन्धन अघि देखिन्छ । तसर्थ वाम गठबन्धन र कांग्रेस एकल चुनाव लड्दा ७ देखि माथिको फराकिलो अन्तरमा बाम गठबन्धनका उम्मेदवार विजयी हुने देखिएकोछ ।

प्रकाशित मिति : २५ कार्तिक २०७४ शनिबार ००:००  २ : ३९ बजे