८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बृजेश कुमार गुप्ता ५ हजार मतले अगाडी ! जीत यस कारण छ सुनिश्चित



मायादेवी अनलाइन, कपिलवस्तु, २५ कार्तिक ।
बुद्धभूमी नगरपालिका, कपिलवस्तु नगरपालिका, महाराजगंज नगरपालिकाको अधिकांश भाग तथा यशोधरा गाउँपालिका प्रतिनिधी सभा क्षेत्र नं. २ मा पर्दछन् । राजपा त्यागेर एमाले सहित बाम घटकबाट उम्मेद्धवार बनेका वृजेश कुमार गुप्ता तथा कांग्रेस सभापती सुरेन्द्रराज आचार्य बिच टक्कर हुने देखिन्छ । स्थानीय तह निर्वाचनमा पाएको मतका आधारमा पनि दुबै मोर्चा बिच प्रतिस्प्रधा देखिएको छ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक दलहरुले ३४ हजार ९ सय २३ मत पाएका छन भने बाम गठबन्धन तथा वृजेश कुमार गुप्ता निकट प्रमुख उम्मेद्धवारले ३४ हजार ८ सय ५२ मत प्राप्त गरेका छन् । जसमा ७१ मतको मात्र अन्तर देखिएको छ । तर सो क्षेत्रमा पनि राजपा, फोरम र नयाँ शक्तिको अलग अलग उम्ोदवारीका कारण कांग्रेस संग करिव २८ हजार मत मात्र रहेको मान्न सकिन्छ ।

लोकतान्त्रिक दलहरुले कपिलवस्तु नगरपालिकामा ९ हजार २ सय ५४ र बाम गठबन्धनले ८ हजार ९ सय ४९ मत पाएका थिए । बुद्धभूमी नगरपालिकामा बाम गठबन्धनले ११ हजार ६ सय ४१ र लोकतान्त्रिक दलले ११ हजार ४ सय ६२ मत पाएका छन् । महाराजगंजमा बाम गठबन्धनले ८ हजार ८ सय ४८ र लोकतान्त्रिक दलहरुले ८ हजार ७ सय २ मत प्राप्त गरेका थिए । यशोधरामा लोकतान्त्रिक दलहरुले ५ हजार ४ सय ७८ र बाम गठबन्धनले ५ हजार ४ सय १४ मत पाएको थियो । यी सबैमा पनि लोकतान्त्रिक दलहरुको गठबन्धन नवन्दा कांग्रेस उम्मेदवार बाम गठबन्धन भन्दा करिब ५ हजार मतले पछि पर्ने स्वत विष्लेषण गर्न सकिन्छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७४ शनिबार ००:००  २ : ४३ बजे