१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

प्रतिनिधिसभा ३ मा इश्वर दयाल मिश्रको जीत यस कारण भयो सुनिश्चित !



मायादेवी अनलाइन, कपिलवस्तु, २५ कार्तिक ।
लगातार फोरमबाट २ पटक सम्म सभासद बनेर हालै कांग्रेस प्रवेश गरेका अभिषेक शाहको पकड क्षेत्रका स्थानीय तहमा एमाले र स्वन्त्रत सहित माओवादीले जितेपछी यतिखेर यस क्षेत्रमा पनि कडा टक्कर देखिएको छ । मधेस आन्दोलनका एक हस्ति इश्वर दयाल मिश्रा बामपन्थी समूहबाट उम्मेद्धवार बनेपछि यहाँ पनि प्रतिस्प्रधा निकै रोचक हुने देखिन्छ ।

स्थानीय तह निर्वाचनमा बाम गठबन्धनले ३ नम्बर क्षेत्रबाट १५ हजार ७ सय ५५ मत पाएका थिए भने लोकतान्त्रिक दलहरुले १२ हजार ६ सय २१ मत पाएको थिए । तर माओवादी र कांग्रेस सहित शाह परिवारबाट समेत बागी उम्मेद्धवार भई अत्याधिक मत बाडिएको कारण यहाँ यसै केहि भन्न सक्ने अवस्था नरहेको राजनितिक विश्लेषकहरु बताउँछन् ।

विजयनगर गाउँपालिकामा बाम गठबन्धनले ३ हजार ९ सय ६३ र लोकतान्त्रिक दलहरुले १२०५ मत पाएका छन् । शिवराज नगरपालिकामा बाम गठबन्धनले ७ हजार ८ सय ७६ र लोकतान्त्रिक दलहरुले ६ हजार ५६ मत पाएका छन् । कृष्णनगरमा लोकतान्त्रिक दलको ५ हजार ३ सय ६० र बाम समूहमा ३ हजार ९ सय १७ मत खसेको थियो । यहाँ प्रतिस्पर्धा देखा परेकाले बाम गठबन्धनले यति नै अन्तरमा जित्न सक्छ भन्ने आकलन गर्न कठिनछ । सतहमा हेर्दा कांग्रेस भन्दा वाम गठबन्धन वलियो देखा परेकोछ ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७४ शनिबार ००:००  २ : ४७ बजे