१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाम उम्मेदवारलाई जनताद्धारा भव्य स्वागत



मायादेवी अनलाइन, कपिलवस्तु, २५ कार्तिक ।
मंसिर ६ मा एमाले माअ‍ोवादी र स्वतन्त्र समुह सम्मलीत संयुक्त वाम गठबन्धननको तौलिहवामा सम्पन्न बैठकबले मंसिर ६ गते बुटवलमा हुने बृहत्त जनसभामा हजारौ जनतालाई सहभागि गराउने योजना निर्माण गरेकोछ । मुलुकमा दिर्घकालिन स्थायीत्वकालागि वामपन्थी गठबन्धन वनेकोले कपिलवस्तुका समस्त शुभचिन्तकहरुलाई केपि शर्मा ओली र प्रचण्डले संयुक्त रुपमा संवोधन गर्ने बुटवलको विशाल जनसभामा सहभागि हुन अपिल गर्छाै बैठक पश्चत संचारकर्मीसंग एमालेका अध्यक्ष झविलाल पोख्रेलले भन्नु भयो ।
बैठकमा क्षेत्र नं १ का उम्मेदवार चक्रापाणी खनाल वलदेव, क्षेत्र नं २का उम्मेदवार बृजेश कुमार गुप्ता र क्षेत्र नं ३का उम्मेदवार इश्वरदयाल मिश्राले वोल्दै जनताका घरदैलोमा जादा अत्यन्त उत्साहका साथ जनता स्वागत गर्दै चुनावको दिन पर्खेर वसेको र यसपालीको अभिमत वामपन्थीको वहुमत भन्ने जनलहर देखापरेको वताएका थिए । संयुक्त वामगठबन्धन निर्वाचन परिचालन समितीका संयोजक झविलाल पोख्रेलको अध्यक्षता र सहसंयोजक भानु प्रकास श्रेष्ठको सहजीकरणमा बैठक भएको थियो ।
बैठकले प्रचार प्रसारका कामको समिक्षा गर्नुका साथै चुनावका लागि आर्थिक श्रोत परिचालनको विषयमा छलफल गरेको थियो । ३ वटै निर्वाचन क्षेत्रका निर्वाचन परिचालन समितीका संयोजकहरुले स्थलगत रुपमा भएका कामरुको जानकारी गराएका थिए । वामगठबन्धनले यो हप्तामा सबै स्थानीयतहका वडास्तरमा प्रचार प्रसार कार्यलय स्थापना गर्ने, गठबन्धनका उम्मेदवारलाई भोटकिन भन्ने हाते पर्चा वितरण गर्ने लगायतका कामहरु तिव्ररुपमा अघि वढाएकोछ ।
एमाले माओवादी केन्द्र र राजपावाट स्वतन्त्र बनेको समुह संयुक्त वाम गठबन्धनमा सामेल भएपछि यहाका ३ वटै क्षेत्र र ६ वटै प्रदेशमा प्रतिस्पर्धामा गठबन्धन अगाडी देखापरेको भन्दै उम्मेदवारहरु उत्साहका साथ घरदैलो र जभेटघाटमा सहभागि हुदै आएकाछन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७४ शनिबार ००:००  २ : ५० बजे