८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

यु–१९ एसिया कप क्रिकेट , नेपालले बंगलादेशलाई दियो १८१ रनको लक्ष्य



काठमाडौं, कात्तिक २५ ।
उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत नेपालले बंगलादेशलाई एक सय ८१ रनको लक्ष्य दिएको छ ।
मलेसियाको क्वालालमपुरको किनरारा एकेडेमीको ओभल मैदानमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको नेपालले ४० दशमलव १ ओभरमा एक सय ६७ रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित भएको थियो ।
त्यसपछि डकवर्थ लुइस नियमका आधारमा बंगलादेशलाई ४० ओभर १ बलमा एक सय ८१ रनको लक्ष्य दिइएको हो । सुरुमा पनि वर्षाका कारण ढिला गरी सुरु भएको खेल ४३ ओभरमा झारिएको थियो ।
नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल र बंगलादेशबिच अहिलेसम्म औपचारिक प्रतियोगितामा चार पटक मात्रै खेलेका छन् । त्यसमा नेपालले एक खेल मात्रै जितेको छ । तीन खेलमा पराजित भएको छ ।
नेपालले सन् २००२ को १९ वर्षमुनिको विश्वकपमा बंगलादेशलाई २३ रनले हराएर प्लेच च्याम्पियनसिपको फाइनलमा पुगेको थियो । त्यसबेला विनोद दास नेपाली टोलीका कप्तान थिए । अहिले उनी मुख्य प्रशिक्षक हुन् । सन् १९९७ को युथ एसिया कपमा नेपालको यु–१९ टोली बंगलादेशसँग ९ विकेटले पराजित भएको थियो ।
यस्तै सन् १९९९ मा पनि बंगलादेशसँग नेपाल ६ विकेटले पराजित भयो । पछिल्लो पटक नेपाली टोली सन् २०१५ को यु–१९ विश्वकपमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७४ शनिबार ००:००  ७ : ४९ बजे