१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कांग्रेस उम्मेदवार भन्छन्, ‘निरंकुशता आउन नदिन कांग्रेसले चुनाव जित्नुपर्छ’



कपिलवस्तु, २५ कार्तिक ।
आगामी मंसिर २१ गतेका लागी निर्धारित प्रतिनिधी र प्रदेशसभाको निर्वाचन जनताको अधिकारका पक्षधर र निरंकुशता लादने बिचको भएको काँग्रेसका उम्मेदबारहरुले बताएका छन । नेपाल प्रेस युनियान कपिलवस्तुले निर्वाचनमा पार्टीबाट प्रतिनिधी र प्रदेशसभामा उम्मेदबारी दिएका उम्मेदबार सँग आयोजना गरेको पत्रकार सम्मेलनका बोल्ने नेताले सो बिचार व्यक्त गरे । सो अवसरमा बोल्दै प्रदेशसभाका उम्मेदबार पुरन थारुले पार्टीले सबै बर्ग जातीलाई मिलाएर लगेको बताउदै जनजातीलाई काँग्रेस बाहकेका पार्टीले स्थान नदिएको बताए । त्यसै गरि अर्का उम्मेदबार राजेश आचार्यले बर्षौ लडेर ल्याएको लोकतन्त्र र गणतन्त्रलाई बामगठबन्धनका नाममा निरंकुशता तर्फ लग्न खोजिएको बताउदै सो बिषयमा जनताले नै बाम गठबन्धनलाई जवाफ दिने बताए । त्यसै गरि बिभिन्न आन्दोलनको नाममा देशको बिकासलाई १५ बर्ष पछाडी धकेलेर ६५ हजार युवालाई बिदेशिन बिवश बनाउने कम्युनिष्टले देखाएको नारा नारामा मात्र सिमित रहेको बताए ।

नेपाली काँग्रेस बिना मानब अधिकार, महिला अधिकार र जनताको मौलिक अधिकारको संरक्षण हुन नसक्ने प्रदेशसभा उम्मेदबार सुधाकर पाण्डेयको भनाई थियो । त्यस्तै प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं २ को १ बाट प्रदेश सभाका उमेद्धार बनेका जवाहारला चौधरीले नेपाली कागे्रसले सबैजातजाती तथा विभिन्न समुदायको प्रतिनिधित्व गरेको हुदां कागे्रसले नै विकासको मेरुदण्ड रहेको बताए । अर्का प्रदेश सभाका उमेद्धार अजय थापाले युवाको काधमा जिम्मेवारी आएको कारण युवाहरुलाई सम्मान र स्थान दिने पार्टी नेपाली कागे्रस भएकोले युवाहरुको आर्कषर्ण नेपाली कागे्रसमा आएको बताए ।

कार्यक्रममा बोल्दै प्रतिनिधीसभाको क्षेत्र नम्बर ३ का उम्मेदबार अभिषेक प्रताप शाहले मधेसको अधिकारको अबरोध गर्ने एमालेलाई जनताले कुनै पनि हालतमा नपचाउने बताए । स्वतन्त्र व्यक्ति स्वतन्त्र नै हुने धारणा व्यक्त गर्दै सुर्य चुनाव चिन्ह लिएर स्वतन्त्र भन्दै जनता झुक्कयाउने कुराको जनताले गतिलो जवाफ दिने शाहको भनाई थियो । अबको १५ दिन भित्रै बामगठबन्धनमा टकराव शुरु हुने बताउदै काँग्रेस बलियो शक्ति भएकै एक्लै जुधने साहस नहुदाँ बाम गठबन्धन बनेको उनको दाबी थियो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रतिनिधीसभा २ का उम्मेदबार सुरेन्द्रराज आचार्यले जनताले बिकास र समृद्धि खोजेकाले निरंकुशता लादन खोज्नेलाई जनताले चुनावमा तह लगाईदिने बताए । सो अवसरमा बोल्दै प्रतिनिधी सभा १ का उम्मेदबार दिप कुमार उपाध्यायले यो चुनाव फरक शैलीको भएको बताउदै जनताले स्वतन्त्रता र बिकास रोज्ने कि निरंकुशता रोज्ने भन्ने बिषय प्रमुख रहेको बताए । बामगठबन्धनका नाममा लोकतन्त्रलाई धरासायी बनाउन खोजिएकाले त्यस्तो कार्यलाई जनताले तिरस्कृत गर्ने उपाध्यायको दाबी थियो । नेपाली कागे्रसको नेतृतवमा कपिलवस्तुको विकास र पर्यटन विकासको लागी आफुहरु लाग्ने समेत सबै उमेद्धारहरुले प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा उम्मेदबारहरुले सामुहिक रुपमा हात उठाएर आफुहरु एक भएको सन्देश दिएका थिए । प्रेस युनियन जिल्ला सभापति गोपाल भण्डारीको अध्यक्षता र सचिव मणिप्रसाद गैह्रेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

प्रकाशित मिति : २५ कार्तिक २०७४ शनिबार ००:००  ११ : २५ बजे