१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बृजेश कुमार गुप्ताका यता छन चुनावी एजेण्डा



मायादेवी अनलाइन, कपिलवस्तु, २६ कार्तिक ।
कपिलवस्तु क्षेत्र नं. २ का सुर्य चिन्ह लिएर निर्वाचन लड्नुभएका वामगठवन्धनका उम्मेदवार वृजेश कुमार गुप्ताले कपिलवस्तुलाई चिन संग जोडने वताउनु भएको छ । कपिलवस्तुलाई व्यापारिक मार्गको रुपमा विकास गर्ने र जसका लागी मर्जादपुर नाकालाई ढोरपाटन मार्ग संग जोड्दै चिन सम्मको लागि व्यापारिक मार्ग बनाउने आफु योजना बनाएको बताउनुभयो ।

यस्तै मर्जादपुर खनुवा नाकामा सूख्खा वन्दरगाह (ठुलो भन्सार) निमार्ण गर्ने आफ्नो योजना रहेको पनि उहाले मतदातालाई सुनाउनुभएको छ । व्यापारीक मार्ग मात्र नभई पर्यटकिय मार्ग बनाउने र सेज कार्यक्रम लागु गर्ने प्रस्ताव आफुले यसभन्दा अघि देखि गर्दै आएको बताउनुभयो । अब जनताको साथ पाए यि सबै काम पुरा गर्ने उहाले मतदातालाई आश्वस्त पार्नुभएको छ ।

उम्मेदवार गुप्ताले कपिलवस्तुबाट आफुले जिते कपिलवस्तुलाई प्रदेशको राजधानी वनाउन पहल गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यहाको बाम गठवन्धनको साझा एजेन्डा कपिलवस्तुलाई प्रदेशको राजधानी बनाउने हो । जसका लागी सुर्यमा मतदान गर्नु पर्छ उहाले भन्नुभयो ।

महाराजगंज नगरपालिकामा घरदैलो गर्दै एमाले क्षेत्र नं. २ (१)का उम्मेदवार दिर्घ नारायण पाण्डेले महाराजगंजबाट जितेर पठाएकाले केही विकास नगरेर महाराजगंजलाई पछाडी पारेको वताउनु भएको छ । जितेर जानु भएका सांसदले केही गर्नू भएन फेरी पनी उठनु भएको छ । विकास नगर्नेलाई अव जनताले विश्वास नर्गर्ने उहाले वताउनु भयो ।

अव एमालेले सडक सिचाईको सुविधाको लागी पहल गर्ने वताउनुभयो । शनिबार प्रतिनिधिसभा २ का बामपंथी उम्मेदवारहरुले महाराजगंजको साविक बरईपुर गाविसका घरदैलो गरेका थिए । उम्मेदवारलाई स्थानिय जनताले भव्य स्वागत गरेका थिए ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७४ आइतबार ००:००  ३ : ०६ बजे