७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बामगठबन्धनको चुनावी प्रचार प्रसार अभियान आक्रमण बन्दै !



मायादेवी अनलाइन, कपिलवस्तु, २७ कार्तिक ।
कपिलवस्तु प्रतिनिधिसभा १ र प्रदेशसभा १ नम्बर क्षेत्रमा आइतबार पनि बामगठबन्धनले चुनावी प्रचार प्रसार अभियानलाई तीव्र पारेको छ । आसन्न मंसिर २१ गते हुन गैरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार नतिजा आफ्नो पक्षमा पार्ने गरि लागेको छन । वाणगंगा नगरपालिकाका विभिन्न वडामा वडा स्तरिय प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना गरेको बामगठबन्धनले आइतबार कपिलवस्तु नगरपालिका अन्तरगत पचेहरामा पनि सम्पर्क कार्यालय स्थापना गरेको छ ।

यसभन्दा अघि आइतबार विहान वाणगंगा नगरपालिकाको वडा नम्बर ४ मा चुनानी सम्पर्क कार्यालय स्थापना समारोहमा बोल्दै प्रतिनिधिसभा १ का उम्मेदवार चक्रपाणी खनाल बलदेवले राजनीति स्थिरता र देशको समृद्धिको लागि एक पटक बामपंथीदललाई दुई तिहाई बहुमत दिएर जिताउन आग्रह गर्नुभएको छ । बामपंथी दल सरकारमा जादा कस्तो काम गर्छन भन्ने कुरा जनताले राम्रो संग बुझेको भन्दै अझै ५ बर्ष देशको नेतृत्व गर्ने गरि बामगठबन्धनलाई अवसर दिन मतदाता संग अनुरोध गर्नुभयो ।

यस्तै प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार विष्णु पंथीले बामगठबन्धनले जिते २ हजार दिदै आइएको बृद्धाभत्ता बढाएर ५ हजार पु¥याउने उद्घोष गर्नुभयो । स्वर्गीय मनमोहन अधिकारी प्रधानमन्त्री हुदा बुद्धभत्ता दिन शुरु गरिएको भन्दै अब बामगठबन्धनले चुनाव जिते बढाएर ५ हजार पु¥याउने पंथीले बताउँनुभयो ।

नेकपा माओबादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा माओबादी केन्द्रका समानुपातिक उम्मेदवार गिरीधारीलाल न्यौपानेले बामगठबन्धनको जितलाई कसैले रोक्न नसक्ने बताउनुभयो । जनताको आशा र भरोसा भनेको कम्युनिष्ट पार्टी प्रति भएको भन्दै अबको चुनावमा जनताले दुई तिहाई बहुमत दिने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले विगतमा भएका सम्पूर्ण मनमुटान अन्त्य गरि बामगठबन्धनलाई जिताउने गरि चुनावमा खटिन कार्यकर्तालाई निर्देशन दिनुभयो । देशलाई बामगठबन्धनको आवश्यकता पहिला देखि खड्किएको भएपनि हाल आएर पुरा भएकोमा खुसी अध्यक्ष पोख्रेलले खुसी व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २७ कार्तिक २०७४ सोमबार ००:००  २ : ३३ बजे